जगंलमा रुखका हागा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखियो

जगंलमा रुखका हागा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखियो

भदौ २३, २०७५ काठमाडौं– जगंलमा रुखका हागा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखियो गोरखाको सामागाउँबाट शनिबार बिहान काठमाडौंका लागि उडेको अल्टीच्यूट एयरको हेलिकप्टर धादिङमा

दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार हेलिकोप्टर धादिङको मेघाम

डाँडामा दुर्घटना भएको अवस्थामा फेला परेको छ । उनले सत्यदेवी जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताउँदै यात्रुको

अवस्थाका बारेमा जानकारी नभएको बताए ।
उद्दारका लागि गएको हेलिकप्टरबाट जंगलमा हेलिकप्टर देखिएको छ तर हेलिकप्टर अवतरण गर्न सकिएको छैन’ तिबारीले भने ।

 

एकजना चालकसहित सात जना हेलिकप्टरमा सवार थिए ।

 

अल्टिच्यूट एयरका सञ्चालक सिताराम सापकोटाका अनुसार उद्धारका लागि गएको अल्टिच्यूट एयरको हेलिकप्टरबाट घटनास्थल देखिएको छ

। जंगलमा रुखका हागा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखिएको सापकोटाले बताए । तर मौसम सफा नभएका कारण उद्धारकर्ता

घटनास्थलको नजिक पुग्न सकेका छैनन् ।

 

को को थिए हेलिकप्टरमा ?

 

हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए । जसमा एक जना जापानी नागरिक र ६ जना नेपाली थिए ।

 

हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका ल्हो आनी

डाल्पा डिक्की, छोवाङ नुर्बु, सुनिल तामाङ छन् । निश्चल केसी हेलिकप्टरका चालक हुन् ।

 

अल्टीच्यूट एयरका अनुसार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो ।

 

काठमाडौं विमानस्थलका अनुसार सो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो ।

 

 

 

गोर्खाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर धादिङमा दुर्घटना

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment