आज कुशे औंशी तथा पितृ सम्मान दिवस

आज कुशे औंशी तथा पितृ सम्मान दिवस

काठमाडाैं। आज कुशे औंशी तथा पितृ सम्मान दिवस प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

 

यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरे बराबरको फल पाइने धर्म ग्रन्थ

हेमाद्रिमा वर्णन गरिएको छ । कुशे औँसी सोमबार परेकाले आज उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक

व्यवहारमा रहँदै आएको छ । यसैगरी आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो

खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।

 

 

समन्धित समाचार

हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु, जिवितै भेटिइन् आनी

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment