१० रुपैयाँ बचतले ल्याएको परिवर्तन

१० रुपैयाँ बचतले ल्याएको परिवर्तन

धादिङ । १० रुपैयाँ बचतले ल्याएको परिवर्तन गरे जे पनि हुन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् धादिङको गजुरी गाउँपालिका–५ स्थित राई गाउँका महिलाहरू । ऋण काढेर

गर्जो टार्ने समस्या अब उनीहरूसँग छैन । आत्मनिर्भर बन्न सहुलियत ऋणमा व्यावसायतिर मात्र उन्मुख छैनन्, गाउँको विकासकै लागि अग्रसर

हुन थालेका छन् ।

सीता राईले आफूसँग भएको केही रकम निरन्तर समूहमा बचत थालिन् । र, केही समयपछि ५० हजार ऋण लिएर किराना पसल थालिन् ।

उनको किराना पसल राम्रोसँग चलेको छ । साथै उनी ग्रामीण विकासका अन्य काममा पनि सक्रिय हुन्छिन् ।

 

बालकुमारी सामाजिक परिवार समूहकी सदस्य सीतालाई घर खर्च चलाउन समस्या छैन । उनीजस्ता थुप्रै महिला बचतपछि आत्मनिर्भर बनेका

छन् । दैनिकी फेरिएको छ । ममता राईले समुदायमा परिवर्तन देखिन थालेको बताइन् ।

 

गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बनेका महिला दिदीबहिनी नेतृत्व विकास तथा विकास निर्माणका काममा पनि उत्तिकै सहभागी बन्न उत्साहित

बनाएको उनको अनुभव छ । भन्छिन्, ‘स्वरोजगारको अवसर मात्र मिलेको छैन, विकास निर्माणमा सहभागितासहित चेतनाका काममा पनि

अग्रसर हुन सजिलो भएको छ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment