हेलिकप्टरबाट खसेर जंगलमा आनीले भोगेको त्यो कहालीलाग्दो ६ घन्टा

हेलिकप्टरबाट खसेर जंगलमा आनीले भोगेको त्यो कहालीलाग्दो ६ घन्टा

काठमाडौँ :  हेलिकप्टरबाट खसेर जंगलमा आनीले भोगेको त्यो कहालीलाग्दो ६ घन्टा डोल्मालाई उद्धार गरेका फ्रिल्यान्स माउन्टेन गाइड ग्यालजेन शेर्पासँग कान्तिपुरका सुरज कुँवरले गरेको कुराकानीमा हेलिकप्टर

दुर्घटनामा बाँच्न सफल एक आनी डोल्मा डिकीको अवस्था र घटनास्थलबारे विवरण :बिहान ८ बजेतिर हेलिकप्टर दुर्घटना भएको नुवाकोटको

मैलुङपाखा पुग्दा पौने दुई बजेको थियो । गाउँलेसहित हामी नै सबैभन्दा पहिले त्यहाँ पुगेका थियौं । यो खबर आजको ‘कान्तिपुर’ राष्ट्रिय दैनिक

अखबारमा प्रकाशित छ ।घटनास्थलबाट करिब डेढ सय मिटर पर भेटिइन्– आनी डोल्मा डिकी । उनले हामीलाई देखेपछि पानी पानी भनिन् ।

तर पानी पिलाइहालेनौं ।‘म बाँच्छु कि बाँच्दिनँ’ भन्दै उनले बचाउन याचना गरिन् । रुखमा ठोक्किएको हेलिकप्टरमा अक्सिजन सिलिन्डर हुने

भएकाले हामीले खोजेर उनलाई लगाइदिने प्रयास गर्‍यौं तर अक्सिजन सद्दे अवस्थामा थिएन ।उनी आनी रहिछन् । उनले लगाउने गेरु रंगको

कपडा उनी बसेको ठाउँभन्दा केही माथि बुट्यानमा अल्झिएको थियो । उनी ट्राउजरमा थिइन् ।

 

आकाशमा हेलिकप्टर उडिरहेको थियो । त्यसमा लङलाइन (डोरीबाट उद्धार गर्ने विधि) थियो । तर बाक्लो हुस्सुका कारण माथि देखिरहेका

थिएनौं ।डोल्मा एऽया, एऽया… दुख्यो भन्दै थिइन् । उनी भीरको छेउतिर थिइन् । त्यसभन्दा तल ठाडै भिरालो थियो । स–साना पोथ्राहरूको

आडमा सुस्ताइरहेकी थिइन् ।‘मलाई जाडो भयो, दुखिरहेको छ’ भन्दै बिलौना गरिरहेकी थिइन् । उनले लगाएको माथिल्लो कपडाको गोजीमा

मोबाइल थियो । उनका हात र खुट्टा छोयो कि एऽया भनिहाल्थिन् । अरू साथीले मृतकको शव संकलन गरे ।हामीले उनलाई सलमा राखेर तल

झार्ने प्रयास गर्‍यौं । दुई जना साथीले अघि–अघि जंगल फाँडे । एक जनाले उनलाई ढाडमा बोक्यौं । दुई जनाले बोक्न मिल्ने बाटो थिएन । भीर

थियो । करिब सवा घण्टा ओरालो झरेपछि हेलिकप्टर ल्यान्ड भएको अस्थायी हेलिप्याडमा आइपुग्यौं । त्यहाँ मेडिकल टिम थियो । डाक्टरले

सामान्य उपचार गरेपछि उनलाई काठमाडौं ल्याइयो ।बाटोमा ओराल्दै गर्दा उनका दाइले काठमाडौंबाट फोन गरेका थिए । कताबाट नम्बर

पाएछन् । एकछिन बैनीसँग बोल्न दिनुस् भने । हामीले उनलाई फोन दियौं । उनले हालखबर सोधेका थिए तर डोल्मा धेरै बोलिनन् । ठिकै छ

मात्रै भनिन् ।

उनको बिहानै काठमाडौं विमानस्थल प्रमुख राजकुमार क्षत्री र अल्टिच्युड एयरका निर्देशक सीताराम सापकोटासँग कुरा भएको रहेछ ।प्रहरीले

क्षत्रीलाई नम्बर दिएका रहेछन् । सायद उनले घटना भएपछि गाउँमा फोन गरेकी थिइन् वा उनका आफन्तले फोन नम्बर टिपाएका पो थिए

कि ?क्षत्रीले टावरबाट गरेको फोनमा उनले ‘सर, म मर्न लागें, बचाउनुहोस्, म कता छु थाहै छैन’ भनेर फोन काटिछन् । त्यसैबेला सीताराम

सरले पनि फोन गर्नुभएको रहेछ ।सीताराम सर त्यो हेलिकप्टर खोज्न अर्को हेलिकप्टरमा उडिरहेका बेला फोन लगाउनुभएछ । उनले उठाइछन् ।

सीताराम सरले कता हुनुहुन्छ ?हामी हेलिकप्टरबाट तपाईंहरूलाई खोजी गरिरहेका छौं । हाम्रो हेलिकप्टर देख्नुभयो ? आवाज सुनियो ? भनेर

सोध्नुभएको रहेछ ।

तर उनले आवाज पनि नसुनिएको हेलिकप्टर पनि नदेखिएको जवाफ दिइछन् । ‘म जंगलमा छु, लिन आउनुहोस्’ मात्रै भनिछन् । सीताराम सरले

‘हेलिकप्टरमा अक्सिजन हुन्छ, माक्स लगाउनुस्, नआत्तिनुस्, मौसम खुलेपछि हामी तपाईंलाई लिन आउँछौ भन्नुभएको रहेछ ।त्यसपछि उनको

मोबाइलमा कसैसँग पनि सम्पर्क भएनछ । करिब ६ घण्टापछि हामीले उनलाई जीवितै उद्धार गर्‍यौं । त्यसबेला अन्य ६ जनाको ज्यान

गइसकेको रहेछ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment