ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

राजविराज । पूर्व– ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ ।

 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा५०प ६००० नम्बरको मोटरसाइकललाई

ठक्कर दिँदा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ बस्ने ३४ वर्षीय अर्पण तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी

कार्यालयले जनाएको छ ।

 

त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २८ वर्षीय अल्केश थापाको पनि मृत्यु भएको छ । उनको भने उपचारको लागि

राजविराजस्थित गजेन्द्र सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिप्रकाले जनाएको छ ।

 

 

समन्धित समाचार

हेलिकप्टरबाट खसेर जंगलमा आनीले भोगेको त्यो कहालीलाग्दो ६ घन्टा

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment