प्रधानमन्त्री केपी ओलीको नाम अब कर प्रसाद ओली राख्नु पर्ने अवस्था आएको छ

प्रधानमन्त्री केपी ओलीको नाम अब कर प्रसाद ओली राख्नु पर्ने अवस्था आएको छ

बर्दिया । प्रधानमन्त्री केपी ओलीको नाम अब कर प्रसाद ओली राख्नु पर्ने अवस्था आएको छ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के पी ओलीको नाम अव कर प्रसाद ओली राख्नु पर्ने अवस्था आएको बताउनुभएको छ ।

 

नेपाली काँग्रेस बर्दियाले आइतबार बर्दियाको गुलरियामा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले सरकारले अन्धाधुन्ध तरिकाले कर वृद्धि गरेको आरोप लगाउनु भयो । गर्छु भन्ने तर केही नगर्ने कम्युनिष्ट सरकारको बानीले जनता मर्कामा परेको आरोप पनि उहाँको थियो ।

 

कार्यक्रममा महामन्त्री शशांक कोइरालाले विदेश गएका युवाहरूलाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै भन्दा पहिला देशमा रोजगारीको सिर्जना गर्नु पर्ने बाध्यात्मक स्थिति रहेको समेत बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका अन्य नेताहरूले सरकारले जनताको मन जित्न नसकेको भन्दै सरकार जनमैत्री हुनुपर्ने बताएका थिए ।

 

 

समन्धित समाचार

जगंलमा रुखका हागा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखियो

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment