फुजेल हत्याकाण्डमा जेल हालिएका ७९ वर्षीय छविलाल निर्दोष साबित

फुजेल हत्याकाण्डमा जेल हालिएका ७९ वर्षीय छविलाल निर्दोष साबित

काठमाडौं । फुजेल हत्याकाण्डमा जेल हालिएका ७९ वर्षीय छविलाल निर्दोष साबित गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेकमा छविलाल पौडेल आज जेलबाट रिहा भएका छन् ।

चितवनमा तत्कालीन माओवादीबाट मारिएका कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपीको रूपमा थुनामा रहेका ७९ वर्षीय छविलाल पौडेललाई जिल्ला अदालत चितवनले २४ भदौमा सफाई दिएको हो ।

गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले आइतबार सफाई पाएसँगै सोमबार जेलबाट रिहा भएका छन् ।

सोमबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिदै गदौ छविलालका आँखा रसाए ।

 

छविलालका स्वागतका लागि उनका समर्थकहरु बाजागाजासहित कारागार पुगेका थिए ।

अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।

अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् २०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो ।

छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी छन् ।

 

हत्या गरिएका भनिएका कृष्णप्रसाद अधिकारी छविलाल पौडेलका विद्यार्थी थिए । २०६१ साल जेठमा चितवनमा कृष्णप्रसादको हत्या हुँदा छविलाल गोर्खा फुजेल गाउँमै कुलाको मिटिंगमा थिए भन्ने कुरा स्थानीयले भन्दै आएका थिए ।

 

कृष्ण प्रसादका दाई नुरप्रसादले विपक्षी बनाई किटानी जाहेरी दिएका छविलाल पौडेल गत असारदेखि डिल्लीबजार जेलमा पुर्पक्षका लागि थुनामा थिए ।

चितवन जिल्ला अदालतले आरोपित छविलाललाई हत्याकाण्डमा कुनै संलग्नता नभएको भन्दै सफाई दिएको छ

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment