छक्का पन्जा ३’को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ

छक्का पन्जा ३’को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ

 छक्का पन्जा ३’को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ चलचित्र ‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार चलचित्रको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुल्दै रिलिज अगावै रेकर्ड राखेपछि फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ

फेरि कालै पल्किन्छ’गीत निर्माण टिमले सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा अर्जुन पोखरेल र दीपकराज गिरीको शब्द रहेको छ ।

 

‘पछि उमेर ढल्किन्छ’ बोलको गीतमा निशान भट्टराई र अन्जिला रेग्मीको स्वर रहेको छ । गीतको भिडियोलाई कविराज गहतराजले

कोरियोग्राफी गरेका हुन् । भिडियोमा चलचित्रका मुख्य कलाकारहरू दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, बुद्धि तामाङ,

दीपिका प्रसाईको अभिनय रहेको छ ।

 

फरक तरिकाको प्रस्तुति रहेको भिडियोमा रिसाइरहेकी दीपिकालाई फकाउन दीपक, केदार, जितु र बुद्धि लागिपरेको देखाइएको छ ।

चलचित्र यही आउँदो दसैँमा रिलिज हुदैँछ ।

 

 

अभिभावककै कारण बालबालिकाको भविष्य बर्बाद हुँदै

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment