वडाध्यक्षकै मिलेमतोमा बृद्धभत्ता हिनामिना

वडाध्यक्षकै मिलेमतोमा बृद्धभत्ता हिनामिना

२५ भदौ, रौतहट । वडाध्यक्षकै मिलेमतोमा बृद्धभत्ता हिनामिना माधवनारायण नगरपालिकामा जनप्रतिनिधिकै मिलेमतोमा सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको भेटिएको छ ।

 

केन्द्रीय पञ्जिकरण विभागले गरेको अध्ययनमा नगरपालिकाको वडा नम्बर ६ मा ९ लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता

हिनामिना भएको भेटिएको हो ।
वडाध्यक्ष राजीवकुमार यादव र वडासचिव मनोजकुमार झाको मिलेमतोमा हिनामिना भएको हो । थप अनुसन्धान गरी कारबाही गर्न अख्तियार

दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको विभागमा महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

 

भट्टराईकाअनुसार मृत्यु भइसकेकाहरुको नाममा समेत बुद्धभत्ता बाँडेको भेटिएको छ । साथै वितरण नै नभएको रकमलाई पनि खर्चमा

समावेश गरिएको छ ।

दलित बालबालिकालाई दिइने मासिक ४०० रुपैयाँ बालपोषण भत्तामा पनि अनियमिता भएको पाइएको छ । ५ वर्ष उमेर पूरा गरिसकेकाहरुको

नाम राखेर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पञ्जीकरण विभागले जनाएको छ ।

 

समन्धित समाचार

 

एक कल फोन गर्न घण्टौँ हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment