मन्त्री फेर्न ओली-प्रचण्डको गोप्य भेट

मन्त्री फेर्न ओली-प्रचण्डको गोप्य भेट

काठमाडौं ।मन्त्री फेर्न ओली-प्रचण्डको गोप्य भेट नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाउनुभएको छ ।

 

पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त

गर्नका लागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन् । प्रचण्डको सहमति लिएर नै ओलीले वादल र यादवलार्ई हटाएर नयाँ मन्त्री थप्ने

योजना अगाडि बढाएको स्रोतको दाबी छ ।

 

त्यसैगरी पूर्व एमालेबाट मन्त्री भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन

मन्त्री लालबाबु पण्डिलाई पनि हटाउने गृहकार्य भइरहेको खबर अाजकाे नेपाल समाचारपत्रमा लेखिएकाे छ ।

 

कुन–कुन मन्त्रीहरुलाई हटाउने भन्ने विषयमा दुई अध्यक्षबीच मोटामोटी सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ । प्रचण्ड भारत

भ्रमणमा जाने बेलामा नै केही मन्त्रीहरुलाई हेरफेर गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुग्नु भएको थियो ।

 

 

छक्का पन्जा ३’को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment