भारतको तेलंगनामा बस दुर्घटना हुँदा ५३ यात्रुको मृत्यु

भारतको तेलंगनामा बस दुर्घटना हुँदा ५३ यात्रुको मृत्यु

तेलंगना।  भारतको तेलंगनामा बस दुर्घटना हुँदा ५३ यात्रुको मृत्यु भारतमा बस दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ ।

भारतको तेलंगनामा सो बस दुर्घटनामा परेको हो ।

८६ जना सवार बस कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गर्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक श्रीनिवाससहित ५३ जनाको मृत्यु भएको सडक सुरक्षा प्राधिकरणका कृष्णा प्रसादले बताएका छन् ।

सो घटनाबारे

राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री चन्द्रशेखर रावले मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

बीबीसीका अनुसार दुर्घटनाग्रस्त बस अक्टुबर २००७ मा किनिएको थियो र यो करिब १४ लाख ५० हजार किलोमिटर गुडिसकेको थियो ।

यो दुर्घटनापछि परिवहन निगमका १४ लाख किलोमिटर भन्दा बढी चलिसकेका गाडीलाई चलाउन बन्देज गर्न निर्देशन दिइएको छ ।

 

समन्धित समाचार

हेलिकप्टरबाट खसेर जंगलमा आनीले भोगेको त्यो कहालीलाग्दो ६ घन्टा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment