राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किए

राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किए

 राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किए निर्मला पन्त प्रकरण पछि घटनाको जाँचबुझका लागि गठित उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिको काममा फर्किएका छन् ।

 

हिजो गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपसचिव केसीले निर्मला पन्तको घटना जाँचबुझका लागि गठित उच्चस्तरीय छानविन समितिमा फर्किएको जानकारी दिएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आवश्यक सहयोग र सुरक्षाको प्रवन्ध मिलाउने प्रतिवद्धता जनाएपछि आफू पुनः छानविन समितिको काममा फर्किएको उनको भनाइ छ ।

 

केसीले घटनाको सत्यतथ्य पत्ता लगाउन राज्यले दिएको जिम्मेवारी इमान्दार भएर पूरा गर्ने प्रतिवद्धता पनि जनाए ।

निर्मला पन्तको बलात्कार र हत्याको घटना छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिमा उपसचिव केसीलाई प्रदेश ७ को सरकारको तर्फबाट प्रतिनिधित्व गराइएको थियो ।

छानविनको क्रममा आफूलाई लागेका कुरा राख्ने अवस्था नभएपछि राजीनामा दिइएको र गृहमन्त्रीले आश्वास्त पारेपछि पुनः जिम्मेवारीमा फर्किएको जनाए ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्
Uncategorized

Related posts

Leave a Comment