अमेरिकामा गोली हानेर श्रीमतीसहित पाँच जनाको हत्यापछि आत्महत्या

अमेरिकामा गोली हानेर श्रीमतीसहित पाँच जनाको हत्यापछि आत्महत्या

अमेरिकामा गोली हानेर श्रीमतीसहित पाँच जनाको हत्यापछि आत्महत्या अमेरिकाको क्यालिफोर्निया राज्यमा एक व्यक्तिले गोली हानेर श्रीमतीसहित पाँच जनाको हत्यापछि आत्महत्या गरेका छन्।

अमेरिकी समाचार संस्था एपीका अनुसार ती व्यक्तिले बुधबार गोली हानी श्रीमतीसहित पाँच जनाको हत्या गरेका हुन्।

ती व्यक्तिले पहिले बेकर्सफिल्डस्थित एक ट्रकिङ कम्पनीमा त्यहाँका एक कर्मचारीलाई गोली हानी हत्या गरेका थिए। उनले सोहि स्थानमा आफ्नी श्रीमतीको पनि त्यही हत्या गरे। त्यसपछि उनले लगातार अरू तीन जनालाई गोली हानी मारेका थिए।

श्रीमतीको हत्यापछि ती व्यक्तिले एउटा कार नियन्त्रणमा लिएका थिए। जहाँ एक महिला र उनका बच्चा थिए। उनीहरू भने ती व्यक्तिबाट बाँच्न सफल भएको बताइएको छ।

त्यसपछि प्रहरीले उनलाई रोक्ने प्रयास गर्दा उनले आफ्नै छातीमा गोली हानेर आत्महत्गा गरेको अमेरिकी प्रहरीले जनाएको छ।

पहिचान नखुलाइएका ती व्यक्तिले गोली किन हाने भन्ने खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

 

समन्धित समाचार

विद्यालय भवन बगायाे, स्वास्थ्य चौकी पुरियाे, बेनी बजार जोखिममा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment