मध्य रातमा चोरिएकी ९ महिनाकी बालिका ८ घण्टापछि धान खेतमा फेला

मध्य रातमा चोरिएकी ९ महिनाकी बालिका ८ घण्टापछि धान खेतमा फेला

भदौ २८, २०७५
महेन्द्रनगर –मध्य रातमा चोरिएकी ९ महिनाकी बालिका ८ घण्टापछि धान खेतमा फेला कञ्चनपुरको पुनर्वासमा बुधवार राति १ बजे आमाको काँखबाट चोरिएकी बालिका साढे ७ घण्टापछि धान खेतमा सकुशल भेटिएकी छन् ।

पुनर्वास नगरपालिका–८ ‘क’ गाउँस्थित माइतीघरमा राति सुतेका बेला आमा बेलु विष्टको काँखबाटै ९ महिनाकी बालिका चोरी भएको जानकारी ईलाका प्रहरी कार्यालय पुनर्वासमा राति नै आएको प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए ।

‘जानकारी आउने बित्तिकै चारैतिर प्रहरी परिचालन गरियो, खोज्दै जाँदा आज –बिहीवार) बिहान ७ः४० बजे घरबाट १ किलोमिटर टाढा धानखेतमा बालिका भेटिएकी छन्,’ बमले भने, ‘बालिकाको अवस्था सकुशल छ, बालिकाले दूध चुसेकी छन् ।’

 

तीज मनाउन माइत आएकी बेलु राति सुतेको बेला बालिका चोरिएको र घरबाहिर आँगनमा बालिका रोएपछि थाहा पाएर हेर्दा महिलाजस्तै देखिने व्यक्तिले बालिका लिएर गएको देखिएको जनाइएको छ ।

 

‘आमाले बालिका लैजाने महिलाको शल देखेको बताएकी छन्,’ उनले भने, ‘घटनाको छानबिन भइरहेको छ ।’

 

 

समन्धित समाचार

दलित बालकले मन्दिर छोएकै निहुँमा यसरी पिटिए

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment