पहिरो अपडेट मृत्यु हुनेकाे संख्या ४ पुग्याे,दुईजना अझै बेपत्ता

पहिरो अपडेट मृत्यु हुनेकाे संख्या ४ पुग्याे,दुईजना अझै बेपत्ता

लमजुङ ।  पहिरो अपडेट मृत्यु हुनेकाे संख्या ४ पुग्याे,दुईजना अझै बेपत्ता मर्स्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो ।

सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुुरुङको शव आज बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन् ।

पहिरोमा पुरिएर बुधबार मर्स्याङ्दी–३ खुदी पल्लोटारीका ६० वर्षीया अभिरुपा थापा, १० वर्षीय सिराक थापा र मर्स्याङ्दी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षीय विष्णु गुरुङको मृत्यु भएको थियो ।

बुधवार मर्स्याङ्दीले बगाएका दुईजना अझै बेपत्ता छन् ।

बेशीशहर नगरपालिका–१० चितिमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मर्स्याङ्दीको भेलले बगाएको हो । उनीहरु बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिकाका हुन् ।

 

बाढीले उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिकाकै विभिन्न ठाउँमा चार घर, एउटा ट्र्याक्टर र तीन मोटरसाइकल बगाएको छ ।

बाढी पहिरोबाट जिल्लामा अहिलेसम्म नौजना घाइते भएको जिल्ला प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।

निरन्तर पहिरो खसेका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध छ ।

अवरुद्ध सडकखण्डअन्तर्गत मर्स्याङ्दी–४ घोप्टेभिरमा २० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् ।

उनीहरुको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिए पनि सुरक्षित अवतरण हुन नसक्दा उद्धारमा कठिन भएको छ ।

 

समन्धित समाचार

विद्यालय भवन बगायाे, स्वास्थ्य चौकी पुरियाे, बेनी बजार जोखिममा

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment