गाउँमै बिभिन्न खालका घातक रोगको उपचार हुने भएपछि स्थानीयहरु खुसी

गाउँमै बिभिन्न खालका घातक रोगको उपचार हुने भएपछि स्थानीयहरु खुसी

गाउँमै बिभिन्न खालका घातक रोगको उपचार हुने भएपछि स्थानीयहरु खुसी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले बुधबारबाट अत्याधुनिक सि.टी.स्क्यान तथा क्याथ ल्याब सेवा शुरु गरेको छ ।

मुटु सम्बन्धि रोगका लागि बिरामीहरु उपचार गर्न शहीद गंगालाल अस्पताल बाँसवारी काठमाडौ पुग्नु पर्ने बध्यता थियो ।

तर, अब मुटु सम्बन्धि अति आवश्यक सम्पूर्ण सेवा बुधबारबाट शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा शुरु भएको छ ।

यो सेवा बिस्तार सँगै भक्तपुर लगाएत भक्तपुर पूर्वका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रामेछाम, दोलखाका बिरामीहरुलाई सेवा पुग्ने विश्वास

लिइएको छ । यो अत्याधुनिक प्रविधिबाट मुटु सम्वन्धि धेरै जटिल रोगहरुको सफल उपचार गर्न सकिने केन्द्रका मुटुरोग बिशेषज्ञ डा. किसन

कुसुवाहले बताउनु भयो ।

गाउँमै बिभिन्न खालका घातक रोगको उपचार हुने भएपछि स्थानीयहरु खुसी भएका छन् ।

जिल्लामै सेवा सम्पन्न धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द सुरु भएपछि त्यहाँका जनतालाई काठमाडौ धाउनु पर्ने झन्झट हटेको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बुधबार सो सेवाको उद्रघाटन गर्नु भएको हो ।

समन्धित समाचार

भारतको तेलंगनामा बस दुर्घटना हुँदा ५३ यात्रुको मृत्यु

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment