निर्मलाका बाबुआमाको बिलौना : सक्छौ न्याय देऊ, सक्दैनौँ गोली हानिदेऊ

निर्मलाका बाबुआमाको बिलौना : सक्छौ न्याय देऊ, सक्दैनौँ गोली हानिदेऊ

 

आमा दुर्गादेवी पन्त

 निर्मलाका बाबुआमाको बिलौना : सक्छौ न्याय देऊ, सक्दैनौँ गोली हानिदेऊ हामी काठमाडौं आइरहेका छौं । ५० औं दिनसम्म पनि हत्यारा पत्ता लगाएर मेरो आँखा अगाडि ल्याएको छैन।

प्रधानमन्त्री पनि यहीँ हुनुहुन्छ। न्याय दिलाउने राज्य पनि यहीँ छ। राष्ट्रपति पनि महिला हुनुहुन्छ। उहाँले पनि सोच्नुपर्‍यो।

उहाँ पनि आमा हुनुहुन्छ। अहिले मेरी छोरी मारिइन्।

त्यो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी भइदिएको भए के हुन्थ्यो ? त्यो उहाँले सोचेर न्याय दिलाईदिनुस् ।

न्याय नपाएपछि घर कसरी फर्कनु ? दुई छोरीलाई घरमै छाडेर आएको छु।

न्याय दिलाउनुस्, झुलाएर नफर्काउनुस्।

न्याय दिन सक्दिन भन्नुहुन्न भने हामीलाई पनि गोली हानेर मारिदिनुस्, हामी मर्न चाहान्छौं।

बाबु यज्ञराज पन्त

साउन ९ गते रोशनी बम घर आइन्। निर्मलालाई बहिनी जसरी पनि आऊ।

अम्बा पनि पाकेका छन् भनेर बोलाएर लगिन्। तर निर्मला साँझ ६ बजेसम्म आइनन्। बम दिदीबहिनी बस्दै आएको घर बाहिर चारैतिर पर्खाल लगाएको घर थियो। हामी सोध्न गयौं।

तर निर्मला घर फर्कि सकिन् भनिन। त्यतिकैमा हामीलाई उल्टै ‘तेरो छोरी पोइला गएपछि हामीलाई के भन्ने ?

भनेर हप्काए। प्रहरीलाई राति साढे आठ बजे खबर गर्‍यौं।

गड्डा चौकीमा माइती नेपालमा पनि सूचना दिएका थियौँ। वडा प्रहरी कार्यालयले अहिले हामी जान सक्दैनौं भने। ती केटीहरु (बम दिदिबहिनी) बद्नाम भएका केटी हुन् अहिले जान सक्दैनौ भने। सालघारी चौकी पुग्यौं। राति १२ बजेको थियो । प्रहरी जान तयार भए। बर्दी र जुत्ता लगाए। चौकीका सई सा’ब आएर जिल्लामा (जिल्ला प्रहरी कार्यालय कञ्चनपुर) मा सोध्नुपर्छ भनेँ। जिल्लाले नजाऊ भनेको भन्दै सई सा’बले जान दिनुभएन।

प्रहरी मेरो साथी भनेर कार्यक्रम ल्याइएको छ।

तर हाम्री छोरी खोज्न त गएनन् । उल्टै प्रमाण नष्ट पारे।

हामीले भनेको समयमा प्रहरी गइदिएको भए सायद प्रहरीले मेरी छोरीलाई जीवितै उद्धार गर्नसक्थ्यो।

११ गते फोटोसहित उजुरी लिएर जिल्लामा पुग्यौं।

उजुरी दिएर फर्किंदा बम दिदिबहीनीको घरमा दुईजना सादा पोशाक र बर्दीवाला प्रहरी थिए।

कहाँबाट आए थाहा भएन। त्यहाँ पनि हामीलाई धम्क्याइयो । प्रहरीको साथ पाएनौँ।

साइकल भेटिएपछि शव पनि उतै भेटिन्छ भनेर बबिताले भनिन्। त्यो उनले कसरी भनिन् ?

प्रहरीले यतिसम्म गर्‍यो कि मेरी छोरीको सर्टको खल्ती च्यातेर दिलीपसिंह विष्ट (हाल पक्राउ परेर छुटेका) को घरको पछाडि लगेर राखेका रहेछन्।

मलाई विष्टले नै मारेको रहेछ भनेँ, मैले होइन त्यसले भने।

तर विष्टले नै स्वीकारिसकेको भनेर मलाई जबर्जस्ती किटानी जाहेरी दिन लगाए।

मलाई विष्टको घरमा पुर्‍याएर घर पछाडि पुर्‍याएर खोजे जसरी सर्टको टुक्रा देखाए।

पानी परेको ठाउँमा मेरी छोरीको शव भेटिएको थियो तर सर्टको कपडा सुख्खा र सफा थियो।

प्रहरीले नै प्रमाण नष्ट गर्‍यो, नाटक रच्यो। की न्याय देऊ होइन भने गोली हानेर मारिदेऊ।

छोरीको वास्तविक हत्यारा पत्ता लगाएर कारबाही गर।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment