पहिराे जाँदा बडीगाड खाेला थुनिएर डेढ किलाेमिटर लामाे ताल बन्याे, सडक अवरूद्ध

थुनिएकाे बडिगाड खाेला बिस्तारै भर्खर खुल्दै  हेर्नुहाेस् भिडियाेसहित

बाग्लुङ ।  पहिराे जाँदा बडीगाड खाेला थुनिएर डेढ किलाेमिटर लामाे ताल बन्याे, सडक अवरूद्ध बडीगाड गाउँपालिका र ढाेरपाटन नगरपालिकाकाे सिमानामा पर्ने बडीगाड खाेला रातिदेखि थुनिएको छ । राति करिब १२ बजेतिर ठूलाे पहिराे खसेर खाेला थुनिएकाे हाे ।

बुर्तिवाङ-सिमानाको-तुरतुरे-ठाउँमा-भिषण-पहिरो-जादा-बडिगाड-खोला
बुर्तिवाङ-सिमानाको-तुरतुरे-ठाउँमा-भिषण-पहिरो-जादा-बडिगाड-खोला

पहिराेका कारण वुर्तिवाङ क्षेत्र र बडीगाड खाेलाकाे तटिय क्षेत्रमा भाैति संरचनामा क्षति पुगेकाे छ । सडक पूरै अवरूद्ध भएकाे छ ।
राति करिब साढे बजेतिर बडीगाड गाउँपालिका- ७, तुरतुरे भन्ने स्थानमा सुख्खा पहिरो गई बडीगाड नदी थुनिएकाे गाउँपालिका कार्यालयले जनाएकाे छ ।

नदी थुनिएर करिब डेढ किलाेमिटर लामाे र १०० मिटर गहिराईको ताल बनेको छ । ३ वटा घर र गोठमा पानी पसेको जनाइएकाे छ । बिहान करिब ६ बजेबाट भने थुनिएकाे पानी अाेभरफ्लाे भएर बग्न शुरु गरेको छ ।

जिल्लाका ३ वटै सुरक्षा निकाय उक्त स्थानमा परिचालित गरिएकाे छ ।

समन्धित समाचार

बुर्तिवाङ सिमानाको तुरतुरे ठाउँमा भिषण पहिरो जादा बडिगाड खोला थुनियो

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment