अमेरिकामा शक्तिशाली आँधी, ५ जनाको मृत्यु

अमेरिकामा शक्तिशाली आँधी, ५ जनाको मृत्यु

अमेरिकामा शक्तिशाली आँधी, ५ जनाको मृत्यु फ्लोरेन्स नाम दिइएको शक्तिशाली सामुद्रीक आँधीले अमेरिकाको विभिन्न राज्यमा विध्वंस मच्चाइ रहेको छ।

आँधीका कारण अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

अमेरिकामा शक्तिशाली आँधी, ५ जनाको मृत्यु
अमेरिकामा शक्तिशाली आँधी, ५ जनाको मृत्यु

आँधीले रुखहरु भाँच्नुका साथै घरहरु भत्काएको छ। बिजुली आपूर्ति बन्द हुनुको साथै विमान उडानहरु रद्ध भएका छन्।

 

कार्यालय, प्रशासनिक कार्य तथा विद्यालयहरु बन्द भएका छन्।

प्रतिघण्टा १ सय ५ किलोमिटरको रफ्तारमा अघि बढिरहेको फ्लोरेन्स आँधी पूर्वी राज्यहरुमा अघि बढिरहेको छ।

आँधीले उत्तर तथा दक्षिण क्यारोलिना र भर्जिनिया राज्यमा

भीषण बाढी निम्ताउन सक्नेभन्दै सचेत रहन राज्य सरकारले त्यहाँका नागरिकलाई चेतावनी दिएको छ।

यसअघि यी राज्यका करिब २० लाख मानिसहरुलाई आँधीको प्रभावित क्षेत्र छाडेर जान सूचित गरिएको थियो।

 

उत्तरी क्यारोलिनामा ८ लाखभन्दा बढी नागरिकले यतिबेला बिजुलीको सेवाबाट बञ्चित भहेका छन्।

त्यहाँ विद्युत आपुर्ति हुन अझै एक हप्ता लाग्न सक्ने बताएको छ।

आँधीसँगै भीषण बाढीको चेतावनी पाएका उत्तर क्यारोलिनाका २० हजारभन्दा

बढी नागरिकले त्यहाँबाट अन्यत्रै सर्न सर–सामानहरु पोका पारेको बताइएको छ।

त्यस क्षेत्रका ३० हजार नागरिकका घरहरु १० फिट पानीमा डुबिरहेको पनि बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै प्रभावित क्षेत्रमा भ्रमणगर्ने अमेरिकी संचार माध्यमहरुले जनाएका छन्।

उत्तर तथा दक्षिण क्यारोलिना र भर्जिनिया राज्यलाई सचेत रहन अाग्रह

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment