चार दिनको भ्रमणमा चीन लागे प्रचण्ड

चीन लागे प्रचण्ड, चार दिनको भ्रमणमा

काठमाडौँ –  चार दिनको भ्रमणमा चीन लागे प्रचण्ड सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहाल चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चार दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

चीन लागे प्रचण्ड, चार दिनको भ्रमणमा
चीन लागे प्रचण्ड, चार दिनको भ्रमणमा

चीन प्रस्थान गर्नु अघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ

आफ्नो चीन भ्रमण दुई पार्टीबिचको सम्बन्ध सुदृढ गराउने विषयमा केन्द्रित हुने बताए ।

 

अध्यक्ष दाहालले दुई देशका सरकारबिच भएको पछिल्ला सहमति

र समझदारी प्रभावकारी कार्यान्वयन गराउन आवश्यक वातावरण बनाउन पनि आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गरे।

एक फरक प्रसंगमा अध्यक्ष दाहालले पार्टी संगठनहरुको एकीकरण सम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढेको र आफू चीनबाट फर्किएलगत्तै आवश्यक निर्णय लिने पनि बताए ।

दसैँ अघि संगठनहरुको एकीकरणको काम सम्पन्न हुने दावी उनले गरेका छन् ।

अध्यक्ष दाहालले एक हप्ता अघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक

भेटवार्ता गरेका थिए । एक हप्ता नबित्दै दुवै छिमेकी मुलुक भारत र चीनमा भएको

अध्यक्ष दाहालको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

समन्धित समाचार

अमेरिकामा शक्तिशाली आँधी, ५ जनाको मृत्यु

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment