किन अझै बडिगाडकाे ताल घट्न सकेन? पिडितलाइ अार्थिक सहयाेग

बुर्तिवाङ-सिमानाको-तुरतुरे-ठाउँमा-भिषण-पहिरो-जादा-बडिगाड-खोला

अझै बडिगाडकाे घट्न सकेन ताल पिडितलाइ अार्थिक सहयाेग

छविलाल पाण्डे, बागलुङ ३१ भदौ ।

किन अझै बडिगाडकाे ताल घट्न सकेन? पिडितलाइ अार्थिक सहयाेग, जिल्लाको ढोरपाटन नगरपालिका र वडिगाड

गाँउपालिकाको सिमानामा पर्ने तुरतुरे भन्ने स्थानमा शुक्रबार राति गएको सुख्खा पहिरोका कारण बनेको ताल अझै नघटेपछि स्थानीय बासी

समस्यामा परेका छन् ।

शनिबार बिहान साविकको गतिमा नदिले आफनो गति लिएपनी करिब ६ भण्टासम्म नदी थनिदाँ बनेको तालको मात्रा घट्न नसक्दा दुई घर

अझै दुवानमा हुनुका साथै आसपासका बासिन्दा समेत कुनै नि समयमा तालका कारण पहिरो जान सक्ने भन्दै चिन्तित बनेका छन् ।

दुई दिन वितिसक्दा समेत राज्यले यसको व्यवस्थापन गर्न नसकेको स्थानीयले गुनासो गरेका छन ।

 

पहिरोका कारण ठुला—ठुला चट्यान नदि किनारमा रहेका कारण पानिको बहाब ओभर फलो भएर बगेपनी तालको गहिराई भने धेरै रहेको हो ।

पानिको सहत तालको रुपमा जमेका कारण ढोरपाटन नगरपालिका २ सिमलचौरका देविराम कुमालको तिनतले घर र एक गोठ पुर्ण रुपमा

दुवाएको छ ।

बुर्तिवाङ-सिमानाको-तुरतुरे-ठाउँमा-भिषण-पहिरो-जादा-बडिगाड-खोला
बुर्तिवाङ-सिमानाको-तुरतुरे-ठाउँमा-भिषण-पहिरो-जादा-बडिगाड-खोला

त्यस्तै नजिकै रहेको कुष्ण कुमालको घर र एक पोल्ट्रि र्फम,

चुडाबहादुर कुमालको २ गोठ दुवानमा पर्नुका साथै गोठमा रहेका ३ वटा गोरु दुवानमा परेर मरेका छन् ।

 

त्यस्तै दुर्गा बहादुर कुमाल एक गोठ दुवानमा परेको हो ।

त्यसैगरी उनिहरु सहित नेत्र बहादुर कुमाल, विकास कुमाल, दिपक कुमाल,

भानसिंह कुमाल, भुवनसिंह कुमाल, जगत कुमाल, डम्बर बहादुर खत्रि, लोकबहादुर खत्रिको धान खेत र बारी गरी सयौँ रोपनी जग्गा डुवानमा

परेको छ ।

 

त्यस्तै वडिगाड कृर्षि सहकारीद्धारा सञ्चालीत ४ लाख ५० हजार लागत बराबरको बर्षा पम्प बगाएको छ ।

घर डवानमा परेको परिवार छिमेकीको आश्रय लिएर बस्न बाध्य भएका छन् ।

 

त्यस्तै आईतबार राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिती बागलुङले पिडित परिवारको घरमै पुगेर राहत हस्तान्तरण गरेको छ ।

पिडितलाई दुखको समयमा केहि भएपनी राहत होस भन्ने उदेश्यले आफुहरुले राहत उपलब्ध गराएको राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिती

सदस्य गौरीश्वर पाण्डेले बताए ।

 

पार्टिले घर डुवानमा परेका देविराम कुमाल र कुष्ण कुमालको परिवारलाई नगद ५÷५ हजारर गोेठ दुवानमा परेका चुडाबहादुर कुमाल,

दुर्गा बहादुर कुमालका परिवारलाई नगद रु ३÷३ हजार राहत हस्तान्तरण गरेको हो ।

 

त्यस्तै राजमोबाट निर्वाचित ढोरपाटन नगरपािलका २ का वडाध्यक्ष युवराज महतले व्यतिmगत घर डुवानमा परेका दुई परिवारलाई

नगद रु ४÷४ हजार र गोठ डुवानमा परेका परिवारलाई नगद २÷२ हजार राहत हस्तान्तरण गरेका छन ।

 

राहत वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष महतले सुख्खा पहिरोका कारण स्थानियलाई तहस नहस बनाएकोले नदि संगै आसपासको क्षेत्रमा

जम्मा भएको ताल हटाउनका निम्ती सम्बन्धित निकायमा आफुले पहल गर्ने बताए ।

उनले नगरपालिकाबाट पिडित परिवारलाई राहतको व्यवस्थापनका निम्ती तत्काल छलफल गरेर आफुहरु

पिडितको घरमा पुन राहत लिएर फर्कने प्रतिवद्धता जनाए ।

 

त्यस्तै जिल्ला सदस्य दुर्गादेवि घर्तिले पिडितको दुखमा मलम लगाउन राष्ट्रिय जनमोर्चा अग्रसर रहेको बताउँदै पिडित जनताको व्यवस्थापनमा

निम्ती स्थानिय सरकारले तत्काल कदम उठाउनु पर्ने बताईन ।

 

र याे पनि

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment