जानिराख्नुहाेस्, बिहानको नास्तामा के खाने के नखाने ?

जानिराख्नुहाेस्, बिहानको नास्तामा के खाने के नखाने ?

एजेन्सी ।
जानिराख्नुहाेस्, बिहानको नास्तामा के खाने के नखाने ? प्राय हामि सबैले बिहान खाजा खान्छाैँ तर ब्रेकफास्ट के कस्ता खानेकुरा खानुपर्छ भनेर धेरैलाई थाहा हुँदैन ।

अगाडि जे देख्छाैँ त्यहि खान्छाैँ तर ब्रेकफास्टमा खाने खानेकुरा गलत पर्दा स्वास्थ्यलाई ठूलो नोक्सानी हुन्छ ।

खाजामा बिस्कुट, कुकिजको प्रयोग गर्नुहुन्छ भने आजैबाट छोडिहाल्नुस् ।

यसको प्रयोगले फ्याट बढाउनुका साथै पाचन प्रक्रियामा पनि असर पुर्‍याउँछ ।

बरु विकल्पमा फ्याट फ्री अन्डा, चनालगायतको प्रयोग गर्न सक्नुहुन्छ ।

यस्तो खाजाले तौलसमेत सन्तुलनमा राख्छ ।

बिहानको समय कफी पिउँदा भोक मेटिन्छ । तर, यसले स्वास्थ्यमा भने खराब असर पुर्‍याउँछ ।

गर्मीमा कोल्ड कफी पिउने प्रचलन हुन्छ । यसो पनि गर्नु हुँदैन ।

बिहान पिएको कफीले मुटुमा हानि गर्नुका साथै अनावश्यक क्यालोरी बढाउने काम गर्छ ।

जुसलाई हामी स्वस्थकर पेय पदार्थका रूपमा लिन्छौँ ।

तर, ब्रेकफास्टमा कहिल्यै पनि प्याकिङ जुस प्रयोग गर्नु हुँदैन । यस्ता जुसमा चिनीको मात्रा बढी हुन्छ ।

यसको प्रयोगले फ्याट र चिनीको मात्रा बढाउँछ ।

त्यस्तै, सागपातको जुस पनि प्रयोग गर्नु हुँदैन ।

यसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छ तर फाइबर र प्रोटिन हुँदैन ।

यसको विकल्पमा पानी पिउन या सुन्तला खान सक्छौँ । जुन निकै स्वस्थकर मानिन्छ ।

तपाईं अन्डा र चिज स्यान्डविच आफैँ तयार गर्न सक्नुहुन्छ ।

त्यसैले यसलाई ब्रेकफास्ट मेनुमा पनि राख्न सक्नुहुन्छ ।

यस्तो स्यान्डविचको प्रयोगले असर गर्दैन । तर, फ्रोजन स्यान्डविचमा सोडियम र अस्वस्थकर फ्याट हुन्छ, जसको प्रयोग गर्दा राम्रो हुँदैन ।

त्यसैले खाजा खाँदा पनि विचार गरेर खानुहाेस् किनकि स्वास्थ नै सबैभन्दा ठूलाे धन हाे ।

 

 

समन्धित समाचार

अमेरिकामा शक्तिशाली आँधी, ५ जनाको मृत्यु

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment