तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनले बलात्कार गरेकी युवती भन्छिन्

तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनले बलात्कार गरेकी युवती भन्छिन्

काठमाडौँ । तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनले बलात्कार गरेकी युवती भन्छिन् बाराको जंगलमा बर्षादेखि तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनले आफुमाथि बलात्कार गरेको भन्दै उनकै १८ बर्षीया शिष्या आनी उजुरी गर्न काठमान्डौ आएकी छिन् ।

धर्मगुरु बन्ने सपना देखेर गुम्बा गएको तर आफुले भगवान मानेको गुरुले नै बलात्कार गरेको भन्दै आइतबार ती युवती उजुरीको लागी प्रहरी परिसर टेकु पुगेकी छिन् ।

यिनी निरमाया तामाङ । (नाम परिवर्तन) । घर रौतहट । जो २०७१ साल साउन २८ गते सर्लाहीको पत्तथरकोट स्याङकोडाँडामा अवस्थित धर्मगुरु रामबहादुर बम्जनको आश्रममा पुगिन् ।

कलिलै उमेरमा मातृवियोगको सामना गरेकी उनी सांसारिक मायामोहबाट मुक्ति पाउन भन्दै बम्जनको आश्रम पुगेकी थिइन् ।

आफूलाई ‘मिनी बुद्ध’ दावी गर्ने बम्जनको आश्रम अर्थात् गुम्बामा आनी बन्नका लागि उनी त्यहाँ पुगेकी हुन् ।

उनि आफु पनि बेम्जन जस्तै धर्म गुरु बन्ने सपना बोकेर १४ बर्षको उमेरमा गुरुको आश्रम पुगेकी थिइन् तर बेम्जनको आश्रम त आफुले

चलचित्रमा देखेको मुम्बईको कोठी जस्तो रहेको उनको दावी छ ।

 

बम्जनले आफ्नी श्रीमती काठमाण्डौ गएको बेला उनलाई बलात्कारको गरेको आनीको दावी छ । बम्जनको यौन दुव्र्यवहार कै कारण धेरै

आनीहरु त्यहाँबाट भागेको उनको भनाइ छ । साथै बम्जनले १४ / १५ बर्षका साना आनीहरुलाइ पनि आफुसंग यौन यौन सम्पर्कको लागि राजी

गराउन दबाब दिने गरेको उनको भनाई छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment