मकालु साबुन उद्योगमा आगलागी, करिब ५ करोड क्षति

मकालु साबुन उद्योगमा आगलागी, करिब ५ करोड क्षति

मकालु साबुन उद्योगमा आगलागी, करिब ५ करोड क्षति १ असोज, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो ।

वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुन्छन् ।

आगलागीबाट अन्दाजी पाँच करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता

सत्यनारायण थापाले बताए ।

 

बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ । वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका र

नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका थिए ।

 

समन्धित समाचार

मध्य रातमा चोरिएकी ९ महिनाकी बालिका ८ घण्टापछि धान खेतमा फेला

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment