समता बोडिङ स्कुलमा बालकको रहस्यमय मृत्यु

समता बोडिङ स्कुलमा बालकको रहस्यमय मृत्यु बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा समता पाउन्डेशनद्धारा संचालनमा आएको समता बोडिङ स्कुलमा अध्यानरत एक बालकको रहस्यमय मृत्यु भएको छ ।

बझाङ्ग ।
समता बोडिङ स्कुलमा बालकको रहस्यमय मृत्यु बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा समता पाउन्डेशनद्धारा संचालनमा आएको समता बोडिङ स्कुलमा अध्यानरत एक बालकको रहस्यमय मृत्यु भएको छ ।

नर्सरीमा अध्यानरत जयपृथ्वी नगरपालीका वडा नम्बर ७ का ५ बर्षिया नबीन कुवरको रहस्यमय मृत्यु भएको हो ।

सोमबार विद्यालयका छुट्टी भएर घर जाने क्रममा कक्षा कोठा भित्रै बेहोस अवस्थामा फेला परेको बोडीङ् स्कुलका प्रिन्सीपल योगीता जोशिले

बताउनु भयो । उहाँका अनुसार ‘बेहोस अवस्थामा कक्षा कोठामा पल्टीएका बालकलाई उपचारका लागि जिल्ला अस्पतालमा लैजादै गर्दा विच

बाटोमा नै ज्यान गै सकेको थियो ।’

 

जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार बालकको टाउकोको पछाडी पट्टी चोट लागेको पाईएको थियो । बालक संग उहाँकै दिदि नविना

कुवर रहेको प्रिन्सीपलले बताउनु भएको छ । विद्यालयको छुट्टी ३ बजेर ५ मिनेटमा हुन्थ्यो । हामीहरु र भएका शिक्षिका साथीहरु सबै

बालबालीकाहरुलाई अभिभावकको जिम्मा लगाउदै थियौ ।

 

घटना कसरी घट्यो भन्ने पत्तो नै लागेन । उहाँले भन्नुभयो ‘हामीहरु पनी अचम्मामा परेका छौ । आफुहरुले थाहा पाउने बित्तीकै अस्पतालमा

ल्याउने क्रममा बालकको विच बोटोमा नै निधन भैसकेको रहेछ ।’ यता जिल्ला प्रहरी कार्यलय बझाङले घटनाका बारे अनुसन्धान भैरहेको

बताएकोे छ ।

 

 

समन्धित समाचार

खोलाले बगाउँदा एक बालकको मृत्यु

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment