यौनप्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु भन्दै धम्की दिने डाक्टर पक्राउ

यौनप्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु भन्दै धम्की दिने डाक्टर पक्राउ

यौनप्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु भन्दै धम्की दिने डाक्टर पक्राउ पशु आहार महाशाखा खुमलटारका एक विशेषज्ञ डाक्टरले आफैंले पढाउने २० वर्षिया छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु

भनी धम्की दिने एक विशेषज्ञ डाक्टर पक्राउ परेका छन् ।प्रहरीका अनुसार खुमलटारका मुख्य विशेषज्ञ डाक्टर मेघराज तिवारीले छात्रालाई

यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने भनि धम्की दिएको जनाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले सामाजिक

सञ्जालमार्फत् पनि भदौ २६ गते अश्लिल सन्देश पठाएको भन्दै पक्राउ गरिएको थियो ।

 

अनुसान्धानमा आफैले पढाउने एक छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्की खुल्न आएको छ । कंलकीस्थित हिमालय

कलेज अफ एग्रिकल्चरल साइन्स’ कलेजमा बिएस्सी अध्यनरत एक २० वर्षिया छात्रालाई तिवारीले ६ महिनादेखि यौन प्रस्ताव राखेको तर

छात्राले अस्वीकार गरेपछि म्यासेन्जरमार्फत् आपत्तिजनक म्यासेज पठाउने साथै अश्लिल भिडियो र सन्देश पठाउँदै यौन प्रस्ताव राख्ने गरेको

प्रहरीले जनाएको छ ।सो कुरालाई युवतीले नमानेपछि म्यासेजमा अश्लिल गालीगलौज गरेपछि उक्त कुरा सहन नसकेर छात्राले प्रहरीमा उजुरी

दिएकी थिइन् ।

समन्धित समाचार

‘रजस्वाला’ दाेष मेटाउन ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment