सुनसरीमा गोली प्रहारबाट विद्यालय संचालकको हत्या, एक प्रहरी घाइते

सुनसरीमा गोली प्रहारबाट विद्यालय संचालकको हत्या, एक प्रहरी घाइते

धरान: सुनसरीमा गोली प्रहारबाट विद्यालय संचालकको हत्या, एक प्रहरी घाइते सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा भारतीय अपराधिले प्रहार गरेको गोली लागि स्थानीय ४९ वर्षीय खुर्सिद आलम

अन्सारीको हत्या भएको छ। बिहीबार भारतीय नम्बर प्लेटको मोटर साइकलमा नेपाल आएका उनीहरुले भुटाहा बजारमा आलमलाई तोकेर

गोली प्रहार गरेका थिए।

 

गोली लागि ढलेका आलमको घटना स्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। गोलीको आवाज सुनेर घटनास्थल पुगेको भुटाहा

प्रहरी चौकीको प्रहरी टोलीलाई समेत अपराधिक समूहले गोली प्रहार गर्दा प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका छन्। उनको

विराटनगरमा उपचार भैरहेको बताइएको छ।

 

स्थानीय मुस्लिम समुदाय अध्ययन गर्ने रहयान पब्लिक स्कुलका संचालक समेत रहेका आलम नेकपाका कार्यकर्ता समेत हुन्। उनी गाउँमा

भएको झैझगडा मिलाउन तथा सामाजिक काममा समेत अग्रसर भएर हिँड्ने भएकाले कसैले रिसिबि साँध्न उनको हत्या गर्न लगाइएको

आशंका गरिएको छ।

 

आलमका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीयले माग गरेका छन्। गोली हानी मोटरसाइकलमा भारतीय सीमातर्फ भाग्दै

गरेका दुबैजना सुटरलाई घुस्कीमा रहेका प्रहरीले पक्रन खोज्दा प्रहरीलाई समेत गोली हानी उनीहरु भारततर्फ भागेको स्थानीयले बताएका

छन्।

हतियार धारीको समूह भारतको सपौल जिल्लास्थित घुर्ना बजारतर्फ भागेका हुन्। घटनापश्चात सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी

नेतृत्वको टोली घटना स्थल पुगेको छ। सीमा क्षेत्रमा व्यापक प्रहरी परिचालन गरी हतियार धारीको समूहको खोजी भैरहेको प्रहरी प्रमुख

अधिकारीले जानकारी दिएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले घट्ना दुखद भएको बताउँदै सीमा क्षेत्रमा सुरक्षा

व्यवस्था कडा पारिएको बताए।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment