धनगढीः धनगढीमा पनि चालकहरु आन्दोलित, यात्रु अलपत्र नयाँ मुलुकी संहिता सवारी चालकहरुको प्रतिकुल भएको भन्दै त्यसको विरोधमा धनगढीका सार्वजनिक यातायात चालक तथा
मजदुरहरु पनि आन्दोलनमा उत्रिएका छन् ।
चालकहरु आन्दोलनमा उत्रिएपछि प्रदेश ७ को सार्वजनिक यातायात बन्द छन् । जसले गर्दा यात्रुहरु अलपत्र परेका छन् । असोज १ गतेदेखि नै
उनीहरुले सरकारको विरोधमा आन्दोलन गर्दैआएका हुन् ।
नयाँ मुलुकी संहितामा चालकको लापरवाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएकोमा त्यसको विरोध गर्दै देशका
विभिन्न सहरमा यातायात चालक तथा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनकै क्रममा सुदूरपश्चिम यातायात व्यवसायी संघले भने समन्वयको प्रयास गरेको बताएको छ । यसका अध्यक्ष पदम सापकोटाले
आन्दोलन जायज भए पनि व्यवस्थित भएर आन्दोलन गर्न चालकहरुलाई आग्रह गरेका छन् । आन्दोलनमा उत्रिएका चालकहरुलाई
छलफलका लागि बोलाए पनि कुनै निष्कर्ष ननिस्केको सापकोटाले बताए ।
समन्धित समाचार