पोखरा । मरेको भनेर काजकिरिया गरिएका ‘जीवन’ तीन वर्ष पछि जीवितै भेटिए पछि झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा
भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा
भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो ।
विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उहाँका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प
आएपछि उहाँ सम्पर्कविहीन हुनुभयो । भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि उहाँ लामो समयसम्म सम्पर्कमा नआएपछि मृत्यु भएको
हुनसक्ने ठानेर घरमा काजकिरिया गरिएको उहाँको ठूलोबुबा हरि बूढाले राससलाई जानकारी गराउनुभयो ।
पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको सुराकी पाएर खोज्न आउनुभएका उहाँका ठूलो बुबाले भन्नुभयो, “पोखरा नयाँबजारस्थित
पृथ्वी माइक्रो बस काउन्टरमा देखेँ तर मलाई देख्नासाथ उनी भागे ।” जीवन पोखरामा छ भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी
जीवनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाडौँको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोवार बन्द
गरेर पोखरा आएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार छोरो हराएपछिको पिरले ४० वर्षीय आमा जानकीको रक्तचाप बढेको छ भने निन्द्रा लाग्नका लागि नियमित औषधि सेवन गर्नु
परेको छ भने बुबा किसन बूढा रोजगारीका सिलसिलामा भारतमा बस्दै आउनु भएको छ । उमेर सानो भएका कारण व्रतबन्ध नभएको र साना
बालबच्चाको किरिया गर्ने विधिअनुसार जेठोेछोरा जीवनको काजकिररिया गरिएको उहाँले बताउनुभयो ।
फुपाजु नेत्र धामीले जीवन भागे पनि उसलाई खोजेर घर लैजाने बताउनुभयो । पोखरा माइक्रोबसमा सिटी भाइका उपनामबाट परिचित पोखरा
१४ चाउथे बस्दै आएका जीवनलाई सबैको सहयोगमा लिएर आमा जानकीसँग पु¥याउने धामीको धोको छ ।
नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु जीवन आउने प्रतिक्षारत छन् । जीवनलाई भेटेर लिएर मात्र जाने अठोटका साथ
उहाँका ठूलोबुबा हरि बूढा यतिबेला पोखरामा भतिजाको खोजीमा भौँतारिरहनु भएको छ ।
समन्धित समाचार
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री