बैतडी डोडेश्वरका बासिन्दा जीर्ण झोलुङ्गे पुलमा यात्रा गर्न बाध्य

बैतडी डोडेश्वरका बासिन्दा जीर्ण झोलुङ्गे पुलमा यात्रा गर्न बाध्य

बैतडी । बैतडी डोडेश्वरका बासिन्दा जीर्ण झोलुङ्गे पुलमा यात्रा गर्न बाध्य डोडेश्वर झोलुङ्गे पुल जीर्ण हुँदा सुर्नया गाउँपालिकाका बासिन्दा जोखिमपूर्ण रूपमा यात्रा गर्न बाध्य भएका छन् । उक्त पुल जीर्ण हुँदा

स्थानीयवासी र गाँउपालिका जाने सेवाग्राहीलाई पनि समस्या भएको छ । वर्षौ पारानो पुलको फल्याक कुहिएर झरिसकेकाले आवतजावत गर्न

अप्ठ्यारो भएको सुर्नया–२ का मोहनबहादुर बिष्टले बताउनुभयो ।

सतबाँझ श्रीभावर सडक वर्षाले अवरुद्ध भएपछि पैदलमार्गको उक्त पुल पनि पुल जीर्ण हुँदा समस्या भएको उहाँले बताउनुभयो ।

गाँउपालिकाको वडा नं १, २ र ३ का बासिन्दाले गाउँपालिका जान सोही पुल प्रयोग गर्नुपर्ने बाध्यता छ ।

 

वर्षात्को समयमा खोला बढेपछि तर्न नसकिने र पुल पनि जीर्ण भएकाले आवतजावत गर्न समस्या भएको सुर्नया–४ का प्रकाश भाटले

बताउनुभयो । उहाँले भन्नुभयो, “पुलमा आवतजावत गर्न डर लाग्छ ।” डोडेश्वर खोलामा पुल नहुँदा विद्यार्थीलाई समेत आवतजावत गर्न समस्या

भएको रौलेश्वर माविका शिक्षक दीपेन्द्र बिष्टले जानकारी दिनुभयो । जीर्ण पुल गाँउपालिकाले अगामी वर्ष मर्मत गर्ने जनाएको छ ।

 

समन्धित समाचार

मरेको भनेर काजकिरिया गरिएका ‘जीवन’ तीन वर्ष पछि जीवितै भेटिए पछि

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment