दार्चुला। वादी विद्यार्थीकाे पीडा, भन्छन्- ‘विद्यालय गयो भने खान पुग्दैन’ नदी किनारमा बालुवा छान्दै गर्दा भेटिन्छन्, दार्चुला शैल्यशिखर नगरपालिका–९ का ११ वर्षीय नमराज राना । उनी मुस्किलले कक्षा २
मा पुगेका छन् । निरन्तर कक्षा एकमा अनुत्र्तीण हुँदै आएका रानालाई गत वर्ष कक्षा स्तरोन्नति गरिएको हो । विद्यालय गएर किताब पढ्नुभन्दा
पनि घरको कामले उनलाई बढी प्रेरित गरेको छ । आजको राजधनी दैनिकम समाचार छापिएको छ ।
उनी अहिले पनि नियमित विद्यालय जाँदैनन् । ‘विद्यालय गयो भने मेरो घरमा बिहान र बेलुकी खान पुग्दैन,’ उनले भने, ‘घरमा इजा (आमा) मात्रै
छन् । अहिले विद्यालय जान मन लाग्दैन । काममै ठीक छु ।’
नेपालको संविधानले सबैलाई निःशुल्क आधारभूत र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य र पोषण पाउनु सबै बालबालिकाको
मौलिक हक एवं नैसर्गिक अधिकार हो ।
सरकारले पछिल्लो समय ‘हामी सबैको इच्छा, अनिवार्य र आधारभूत निःशुल्क शिक्षा’ मूल नारा एवं ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व
पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व’ नाराका साथ विद्यार्थी भर्ना विशेष अभियान देशव्यापी रूपमा सञ्चालन गरेको छ । तर, वादी
समुदायका अधिकांश बालबालिका निःशुल्क आधारभूत शिक्षाको पहुँचमा छैनन् ।