काठमाडाैँ । प्रधानमन्त्री अाज अमेरिका जाँदै : महासभामा सम्बाेधन गर्ने, ट्रम्पसँग २ मिनेट कुराकानी हुने प्रधानमन्त्री केपी शर्मा अाेली अाज अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री
ओली अमेरिका जान लाग्नुभएकाे हाे ।
१३ दिनसम्म चल्ने उहाँकाे विदेश यात्राका क्रममा केही उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुनेछ । साे क्रममा प्रम अाेलीले राष्ट्रसंघका
महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत संक्षिप्त कुराकानी हुने
जनाइएकाे छ ।
मंगलबारबाट सुरु हुने महासभाकाे उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । ‘राष्ट्रसंघलाई सबै
नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ विषयक उक्त महासभामा
प्रधानमन्त्री अाेलीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रकाश पार्नुहुनेछ ।
प्रम अाेलीले ‘नेल्सन मण्डेला शान्ति शिखर सम्मेलन’लाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । महान् अफ्रिकी नेता मण्डेलाको सम्मानमा उहाँकाे
जन्म शताब्दी मनाउन राष्ट्रसंघले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । सोही दिन अमेरिकी राष्ट्रपति ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा
प्रधानमन्त्री अाेली समेत सहभागी हुने बताइएकाे छ । साे क्रममा अाेलीले ट्रम्पसँग २ मिनेटकाे संक्षिप्त कुराकानी गर्न पाउनुहुनेछ ।
शुक्रबारकाे मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री ओलीकाे अाजबाट हुने अमेरिका भ्रमणका बारेमा समेत छलफल भएको सूचना तथा
सञ्चारमन्त्री गाेकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिका प्रस्थान गर्ने
कार्यक्रम यसअघि नै स्वीकृत भएकाे थियाे । संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भएपछि उहाँ त्यहीबाट मध्य अमेरिकी मुलुक कोष्टारिका
जानुहुनेछ ।
साे भ्रमणकै सिलसिलामा प्रधानमन्त्री अाेलीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम
रहेको छ ।
समन्धित समाचार
मोटरसाइकल- स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल भयाे दिने