काठमाडाैँ । आपराधिक समूहबाट मारिएका खुर्शिद आलमलार्इ शहीद घाेषणा, १० लाख राहत आपराधिक समूहबाट मारिएका भनिएका सुनसरीका खुर्शिद आलमलाई सरकारले शहीद घोषणा गर्ने भएकाे छ । उनकाे आश्रित परिवारलाई रु १० लाख राहत रकम उपलब्ध गराएको छ ।
बिहीबार भारतबाट अाएका केही अपरिचित व्यक्तिकाे समूहले उनलार्इ गोली हानी हत्या गरेकाे बताइन्छ । शिक्षकका रुपमा कार्यरत खुर्दिश
लामाे समयदेखि भारतीय गुप्तचरकाे निगरानीमा रहेकाे बताइन्छ । उनलाई शहीद घोषणा गर्ने निर्णय शुक्रबार राति बसेकाे मन्त्रिपरिषद्
बैठकले गरेको हो ।
सरकारले यसअघि साे हत्याकाे घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय
छानविन समिति समेत गठन गरिसकेको छ ।
यसैगरी बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकमा पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गरेको छ । बढुवा भएका तीन जना प्रहरी
अधिकृतको जिम्मेवारीसमेत तोकिएको छ ।
मन्त्री बाँस्कोटाका अनुसार कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र
बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मा दिइएको छ ।
याे पनि हेर्नुहाेस्
सुनसरीमा गोली प्रहारबाट विद्यालय संचालकको हत्या, एक प्रहरी घाइते