माेजा नलाई जुत्ता लगाउनु हुन्छ भने सचेत हुनुहाेस्

माेजा नलाई जुत्ता लगाउनु हुन्छ भने सचेत हुनुहाेस्

एजेन्सी –माेजा नलाई जुत्ता लगाउनु हुन्छ भने सचेत हुनुहाेस् माेजा नलाई जुत्ता लगाउनु हुन्छ भने बेलैमा सचेत भइहाल्नुहोस् । किनभने मोजा नलाई जुत्ता लगाउँदा खुट्टा गन्हाउने मात्र नभएर अन्य कैयौं रोग लाग्ने जोखिम

धेरै बढ्छ ।
अहिले विश्वभर नै मोजा नलाई जुत्ता लगाउने फेसन चलेको छ । कलेज अफ पोडियाट्रीका अनुसार यो नयाँ फेसनले पुरुषमा फंगल इन्फेक्सनको जोखिम बढेको छ ।

 

पयर उपचार विशेषज्ञ एम्मा स्टिफेन्सन १८–२५ वर्ष उमेर समूहका पुरुषहरूमा मोजा नलाई कमसल जुत्ता लगाएका कारण अनेकौं रोग लाग्ने जोखिम अत्यन्त बढेको

बताउँछिन् ।
खासगरी फिल्म प्रिमियर र फेसन सोमा विख्यात व्यक्तित्वहरू मोजा नपहिरिई जुत्ता लगाएर रेड कार्पेटमा देखिन्छन् ।

 

 

प्रसिद्ध गायक स्याम स्मिथ प्रायःजसो मोजा नलाई जुत्ता पहिरिएका देखिन्छन् ।

फेसन पत्रिकाहरू र क्याटवाकमा अधिकांश मोडल तथा प्रशिक्षकहरू मोजाबिनै मोडलिङ गरिरहेका देखिन्छन् ।

 

यस्तै एक जना प्रसिद्ध मोडल टाइनी टेम्पा लन्डन फेसन विकमा सामान्यतयाः अग्रपंक्तिमा मोजाबिनै जुत्ता लगाएर बसिरहेकी देखिन्छिन् । कैयौं संगीतकारसमेत

प्रायजसो मोजाबिनै जुत्ता लगाएर हिँडेको देखिन्छ ।

 

तर के तपाईंलाई थाहा छ, स्वास्थ्यमा यसको प्रभाव कस्तो पर्छ ?

 

‘सामान्यतया एक दिनमा हाम्रा खुट्टाबाट ३ सय मिलिलिटर पसिना निस्कन्छ’, एम्मा स्टिफेन्सन भन्छिन्, ‘धेरै आद्र्रता र गर्मीका कारण कसै कसैका खुट्टामा फंगल

इन्फेक्सन हुन सक्छ ।’

उनका अनुसार खुट्टामा धेरै पसिना आउनुको परिणाम खराब हुनसक्छ ।

‘मैले देखेको यस्तो एउटा घटनामा कार धुने एक जना १९ बर्से ठिटाको खुट्टा सधैं पसिनाले निथ्रुक्क भिजेका हुन्थे,’ भन्छिन् एम्मा ।

युएफसी बक्सिङ च्याम्पियन कनर म्याकग्रेगरजस्ता बक्सरलाई बक्सिङ नगरेका बेला उनको खुट्टामा फंगल इन्फेक्सन हुने जोखिम छ भनेर बताउन कठिन छ ।

 

यति थाहा पाउँदा पाउँदै पनि तपाईं नांगै खुट्टा जुत्तामात्र लगाएर आफूलाई कुनै कार्यक्रममा स्टाइलिस देखाउन चाहनुहुन्छ भने तलका तीन कुरामा ध्यान दिनुहोला ।

 

सकेसम्म थोरै समयका लागि मात्र मोजाबिना जुत्ता लगाउने ।

 

जुत्ता लगाउनुअघि पैतालामा एन्टिपस्र्पिरेन्ट स्प्रे गर्ने ।

 

यति गर्दा पनि कुनै बेला खुट्टा दुखेमा परीक्षणका लागि तुरुन्त चिकित्सककोमा जाने ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment