दशैंको मुखैमा सार्वजनिक यातायातको भाडा बढेपछि

दशैंको मुखैमा सार्वजनिक यातायातको भाडा बढेपछि

काठमाडौं– दशैंको मुखैमा सार्वजनिक यातायातको भाडा बढेपछि दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ ।

सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने सहमति गरेको हो।

इन्धनको मूल्य वृद्धि हुँदा मारमा परेको भन्दै यातायात व्यवसायीले मूल्य समायोजन वा

भाडा वृद्धिको माग राखी दसैं तिहारमा अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि

सरकारले तत्काललाई १० प्रतिशत भाडा बढाउने सहमति गरेको हो।

शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायीसँग भाडादर

बढाउने सहमति भएको हो।सहमतिअनुसार यातायात व्यवस्था विभागले

आइतबारबाट नयाँ भाडादर कायम गर्नेछ भने यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्ने छन्।

त्यस्तै,समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने

र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।वार्तामा यातायात व्यवसायी

संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु

भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत

भाडा बढाउन सहमत भएको हो ।हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि

व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए

 

याे पनि हेर्नुहाेस्

सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास

यसपालीको महानचाड वडादशैंको टीकाको उत्तम साइत कति बजे ? हेर्नुहोस्

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment