नैरोबी, केन्या –भयानक डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको
सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।यातायातमन्त्री आइज्याक
कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतक सङ्ख्या २०७ पुगेको जानकारी गराएको हो ।

यसअघि शुक्रबार दिएको जानकारीमा मन्त्री कामवेलेले मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको र घटनाबारे
थप अपडेट गराउँदै जाने बताउनुभएको थियो । यद्यपि केही यात्रु डुबेको आशङ्कामा
उद्धारकर्मीले शनिबार पनि खोजी कार्यलाई जारी राखेका उहाँले बताउनुभयो
दिउसो स्थानीय उप–गभर्नरले घटनामा परेका ४१ जनालाई जोगाउन सफल भएका बताउनुभएको थियो ।
एमभि नाइरेरे नामक डुङ्गाले २०० जनाभन्दा बढी यात्रुलाई लिएर यात्रा गरिरहेको भनाइका आधारमा खोजी जारी राखिएको हो ।
डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको प्रारम्भिक अनुमान रहेको छ ।
याे पनि हेर्नुहाेस्
बसको ठक्करबाटतीन वर्षीया बालिकाको मृत्यु