सप्तरी । अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बच्चा जिउँदै छ भन्दै अस्पताल तोडफोड अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बच्चा जिउँदै छ, भन्दै सप्तरीको रुपनी
गाउँपालिका, ६ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार तोडफोड
भएको खबर आजो नयाँ पत्रिका दैनिकले छापेको छ । दुई सयको संख्यामा आएका मृतक
बच्चाका आफन्तले अस्पतालको आकस्मिक कक्षामा तोडफोड गरेका हुन् ।
समाचारका अनुसार मृतक बच्चाका आफन्तले चिकित्सकमाथि दुव्र्यवहार गरेका थिए ।
उनीले अहेव महानारायण परसेलालाई कुटपिट गर्दा घाँटीमा चोट लागेको छ ।
अस्पतालमा तोडफोडबाट कम्प्युटर, इसिजी मेसिनमा क्षति पुगेको छ, भने शवगृहसमेत क्षति भएको छ ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्