यिअाफ्नै खराब बानी ले बिग्रन्छ मुटु

यिअाफ्नै खराब बानी बिग्रन्छ मुटु

घन्टौँ टिभी हेर्नु 

  यिअाफ्नै खराब बानी ले बिग्रन्छ मुटु घन्टौँ टिभीका अगाडि झुन्डिने बानीले हृदयाघात र मुटु रोगको जोखिम बढाउँछ ।

धेरै टिभी हेर्ने मानिसलाई नियमित व्यायामले फाइदा पु¥याउन सक्दैन ।

सोफा या एउटा कुनामा बसेर एकोहोरो टिभी हेर्दा शारीरिक चालका अभावमा रक्तसञ्चार प्रभावित हुनसक्छ ।

धूमपान

हुन त तपाईंले चुरोट पिउनु हुँदैन भनेर लाखौँ पटक सुन्नुभएको होला ।

तपाईंलाई यो सुन्दासुन्दा वाक्क लागे पनि धूमपान तपाईंको मुटुको ठूलो शत्रु हो ।

धूमपानले रगतलाई मुटुसम्म पुग्नबाट रोक्ने अवरोध उत्पादन गर्न सक्छ ।

धूमपान गर्ने व्यक्तिसँग बस्नु पनि तपाईंको मुटुका लागि जोखिमपूर्ण हुन्छ ।

संसारमा धूमपान गर्ने मानिससँग बस्ने करिब ४६ हजार धूमपान नगर्ने मानिस मुटुका रोगबाट मर्ने गरेका छन् ।

अत्यधिक रक्सी सेवन

स्वास्थ्य अनुसन्धानहरुले अल्कोहलको सानो परिमाण मुटुका लागि फाइदाजनक हुने बताएका छन् ।

तर, यसलाई धेरै मानिसले रक्सी खाँदा मुटुमा केही हुँदैन भनेर गलत बुझ्ने गरेका छन् ।

धेरै रक्सी खानु मुटुका लागि कुनै पनि हालतमा फाइदाजनक हुँदैन ।

अत्यधिक रक्सीले उच्च रक्तचापका साथै हृदयगति बन्द हुने संभावना बढाउँछ ।

धेरै खानु

मोटोपन मुुटुको रोगको प्रमुख कारण हो भने धेरै खानु मोटोपनको प्रमुख कारण हो ।

थोरै खाने बानी बसाल्नुपर्छ । गुलिया पेय पदार्थका सट्टा पानी पिउने बानी बसाल्नुपर्छ ।

धेरै क्यालोरी भएका र चिल्ला खाना खानु हुँदैन ।

फलफूल र तरकारी नखानु

भनिन्छ, मुटुका लागि सबैभन्दा स्वस्थ खाना सागपातजन्य खाना हो ।

फलफूल, साग, कम चिल्ला दुग्ध पदार्थमा जोड दिनु र जंक फुड असाध्यै कम खानु मुटुका लागि फाइदाजनक हुन्छन् ।

शाकाहारीलाई भन्दा मांसाहारीलाई मुटुका रोग लाग्ने सम्भावना कम भएको तथ्य उहिले प्रमाणित भइसकेको छ ।

अत्यधिक नुन सेवन गर्नु

नुन जति धेरै खाइन्छ, त्यति रक्तचाप बढ्छ । रक्तचाप हृदयाघात र मिर्गाैला रोगको सबैभन्दा प्रमुख कारण हो ।

नुनयुक्त खानेकुरा धेरै खाने मान्छेलाई मुटुको रोग लाग्ने धेरै सम्भावना हुन्छ । स्वास्थ्य विज्ञानले दिनमा दुई ग्रामभन्दा बढी सोडियम खानुहुँदैन भन्छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment