बाग्लुङ बुर्तिवाङ, तुरतुरेमा नदी थुनिएर बनेकाे ताल व्यवस्थापन र अवरुद्ध लाेकमार्ग खाेल्न पहल

बुर्तिवाङ-सिमानाको-तुरतुरे-ठाउँमा-भिषण-पहिरो-जादा-बडिगाड-खोला

बागलुङ । बाग्लुङ बुर्तिवाङ, तुरतुरेमा नदी थुनिएर बनेकाे ताल व्यवस्थापन र अवरुद्ध लाेकमार्ग खाेल्न पहल गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बडिगाड खोला थुन्ने गरी गत भदौ २९ गते तुरतुरेमा

गएको पहिरो निरीक्षण गर्नुभएको छ ।उहाँले बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा गएको सो पहिरो नियन्त्रण, ताल

व्यवस्थापन र अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग चालु गर्न प्रदेश सरकारले पहल र समन्वय गर्ने बताउनुभयो । “प्राविधिक विषय भएकाले

विज्ञको सुझावअनुसार अघि बढ्ने जानकारी दिँदै उहाँले नेपाली सेना र सडक विभागले पहिरोको स्थिति अध्ययन गरिरहेकाले छिट्टै समाधान

निस्कने उहाँको भनाइ थियो ।

 

मध्यरातमा गएको पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमी क्षेत्रमा कृत्रिम ताल बनेको छ । तत्काललाई जोखिम टरे पनि

स्थानीयवासीमा भने त्रास कायमै छ । ताल भरिएर माथिबाट खोला बगेपछि ताल फुट्छ कि भन्ने चिन्ता छ । ताल पहिरो गएको ठाउँ तुरेतरेदेखि,

सिमलचौर हुँदै ढोरपाटन नगरपालिकाको खल्टुबोटसम्म फैलिएको छ ।

 

 

याे पनि हेर्नुहाेस्

अपडेट : मृतकको सनाखत भयो, तुरतुरेमा फेरी पहिरो, एक महिलाको मृत्यु

बुर्तिवाङ सिमानाको तुरतुरे ठाउँमा भिषण पहिरो जादा बडिगाड खोला थुनियो

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment