फेसबुकमा समाचार शेयर गर्दा कर्मचारीको जागिर चट् !

फेसबुकमा समाचार शेयर गर्दा कर्मचारीको जागिर चट् !

फेसबुकमा समाचार शेयर गर्दा कर्मचारीको जागिर चट् ! ७ असोज, जनकपुर । गत असोज ३ गते संविधान दिवसलाई प्रदेश २ मा कालो

दिवसको रुपमा मनाइएको समाचारका लिंकहरु फेसबुकमा शेयर गरे वापत एक कर्मचारीलाई जागिरबाट हटाइएको छ ।

धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई जागिरबाट हटाइएको हो ।

रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेकी थिइन् ।

जागिरबाट हटेकी रायले आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी आफूलाई स्पष्टिकरण समेत नसोधी जागिरबाट हटाइएको पत्र

थमाइएको बताइन् । ‘मैले त समाचार शेयर गरेकी हुँ, आफ्नो विचार त राखेको होइन ?’ रायले पत्रकार सम्मेलनमा भनिन्, ‘समाचार शेयर गरेर

अपराधै गरेको भए त स्पष्टिकरण सोध्नुपर्थ्यो नि नि ?’

 

उनले बिना स्पष्टिकरण सिधै जागिरबाट हटाएकोमा दुख लागेको बताइन् । अदालतले २०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप

भएकोमा सो पश्चात तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागु हुने गरी तपाईलाई अवकाश दिइएको भनी पत्र

थमाएको छ । रायले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको बताइन् ।

 

समन्धित समाचार

बिहे गर्ने उमेरमा सम्बन्धविचछेद !

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment