पाठेघरको पीडाः महिलालाई सताउने रोग र त्यसको उपचार

पाठेघरको पीडाः महिलालाई सताउने रोग र त्यसको उपचार

पाठेघरको पीडाः महिलालाई सताउने रोग र त्यसको उपचार विश्वकै तथ्यांक हेरौं, महिलालाई सताउने ठूलो समस्या हो पाठेघरको क्यान्सर । पाठेघरको क्यान्सरको कारण थुप्रै महिलाले ज्यान गुमाइरहेका छन् ।

पाठेघर, जो सृष्टिको उद्गम विन्दु पनि हो । त्यही भ्रुण हुर्कन्छ । दुखलाग्दो चाहि के भने, त्यही पाठेघरले महिलाहरुलाई जीवनभर पीडा दिन्छ ।

थुप्रै महिला अहिले पाठेघरको समस्याबाट ग्रसित छन् । उनीहरु कुनै न कुनै किसिमको रोग पालेर बसिरहेका छन् ।

थाहा भएकै कुरा हो, पाठेघर आफैमा संवेदनसिल अंग हो । त्यही कारण पनि यसको सुरक्षा एवं स्वस्थ्यमा बढी सचेत हुनुपर्छ । तर, नचाहेरै

पाठेघर रोगको घर बन्न पुग्छ ।

 

सबैभन्दा बढी महिलालाई पाठेघरको संक्रमणले सताउने गर्छ । यो एक प्रकारको संक्रमण हो । समयमै निको नभए यसले क्यान्सरको रुप

समेत लिन सक्छ ।

 

के हो पाठेघरको काम ?

प्रजननको लागि पाठेघर निकै महत्वपूर्ण अंग हो ।

पाठेघरविना सन्तान उत्पादन गर्न सम्भव छैन ।

यद्यपी सन्तान उत्पादनको लागि पाठेघर मात्र जिम्मेवार छैन ।

अण्डाशय, शुक्रकिट, पाठेघरको समान भूमिका रहन्छ ।

महिनावारी हुनुमा पनि पाठेघरको अहम भूमिका हुन्छ ।

तर, पाठेघर नभए पनि महिला हुन चाही सक्छ ।

तर, अण्डाशय भएन भने महिला हुन असम्भव छैन ।

जन्मदा सामान्य हुने पाठेघर बढ्दो उमेरसँगै विकशित हुँदै जान्छ ।

यसकारण लाग्छ रोग ?
सरसफाइ अभाव

– पल्टीपल सेक्स पार्टनर,

– कम उमेरमा बच्चा जन्माउदा,

– बच्चा बढी जन्माउँदा,

– अत्यधिक चुरोटको सेवन,

– अवान्छित गर्भपतन,

– वंशाणुत समस्या आदी ।

नगर्नुस्

– चाडवाडका बेला महिलाले महिनावारी सार्ने खालका औषधी प्रयोग गर्छन् ।

यसको कारण पनि पाठेघरसम्बन्धि थुप्रै समस्या देखिने गर्छ ।

किनकी यस्ता प्रकारका औषधीको सेवन गर्दा पाठेघरले विभिन्न हर्मोन उत्पादन गर्छ जसले असर पुर्‍याउँछ ।

– पिल्स चक्की बढी प्रयोगले पनि पाठेघरमा समस्या देखिन्छ ।

खासगरि यसले माशिक श्रावमा समस्या निम्त्याउँछ ।

किन खस्छ पाठेघर ?
विशेषगरि गाउँघरका महिलामा पाठेघर झर्ने समस्या देखिन्छ ।

खासगरि गह्रौ भारि बोक्ने, कम उमेरमा बच्चा जन्माउने, बढी जन्माउने,

अत्यधिक चुरोट सेवन गर्ने भएकै कारण यस्तो समस्या हुने गर्छ ।

– यस्तो समस्या भएमा त्यतिसाह्रो खोक्नु पनि हुँदैन । यसो गर्दा पाठेघर झन तल झर्ने खतरा हुन्छ ।

– सुत्केरी महिलालाई पुरै आरामको जरुरत हुन्छ ।

यसो गरेमा यस्ता समस्या निम्तनबाट बच्न सकिन्छ ।

सावधानी

– अबान्छित गर्भपतनबाट बच्नुपर्छ । कतिपय महिलाले शिशुको अवस्था थाहा नपाई सिधै गर्भपतन गर्छन् ।

यसले महिलाको स्वास्थ्यमा गम्भीर असर त पर्छनै रक्तश्रावको समस्यााले सबैभन्दा बढी सताउने गर्छ ।

– वषर्ामा एक पटक अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ ।

कुनै पनि रोगको लक्षण नदेखिदै स्वास्थ्य जाँच गराएमा सम्भावित खतराबाट बच्न सकिन्छ ।

– पाठेघरको क्यान्सरबाट निकै मानिस अर्थात रोगको लक्षण नदेखिखदै यस्तो जाँच गराउँदा राम्रो हुन्छ ।

– यसले पाठेघरको क्यानसरको समस्या अत्याधिक हुन्छ ।

यसबाट बच्नका लागि एचपीवि भाईरसको खोप अनिवार्य लगाउदा निकै लाभदायक हुन्छ ।

यस्तो खोप नौ वर्षको उमेरपछि जहिले पनि यस्तो खोप लिन सकिन्छ ।

यस्तो खोप छ हिनाको अवधिमा तीन पटक लिनुपर्छ ।

सकेसम्म शारिरिक सम्बन्धहुनुअघि नै यस्तो खोप लिएमा राम्रो हुन्छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment