मेलम्ची खानेपानीको ३ सय ४० बोरा सिमेन्ट चालकले नै खाए

मेलम्ची खानेपानीको ३ सय ४० बोरा सिमेन्ट चालकले नै खाए

काठमाडाैं ।  मेलम्ची खानेपानीको ३ सय ४० बोरा सिमेन्ट चालकले नै खाए मेलम्ची खानेपानी आयोजनाका लागि ल्याईएको सिमेन्ट चालकले तारामाराङको एक पसलमा बेचेर खाएकाे खुलासा भएको छ।

 

ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रकमा ल्याइएको उक्त सिमेन्ट ओजानको स्टोरमा बुझेको देखाएर बाहिर बिक्री गरेको प्रहरीले जनाएको छ।

 

आयोजनाको मुहानस्थित अम्बाथानमा ३ सय ४० बोरा सिमेन्ट अनलोड गराएको भर्पाइ गराएर चालकले गत २ गते सिमेन्टसहितको ट्रक राजधानीतर्फ लगेका थिए।

 

मेलम्ची प्रहरीका अनुसार ट्रकको टायर पञ्चर भएपछि चालकले उक्त सिमेन्ट स्थानीय तारामाराङको पसलमा बेचेको खबर कान्तिपुर दैनिकमा छ।

 

पसलेको नाम भने प्रहरीले बताएको छैन। यो सूचनाका आधारमा प्रहरीले पसलबाट सिमेन्ट नियन्त्रणमा लिएको हो।

 

समन्धित समाचार

खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment