वर्तमान पुस्ताले देशका लागि त्याग गर्न सक्नु पर्छ : अध्यक्ष दाहाल

वर्तमान पुस्ताले देशका लागि त्याग गर्न सक्नु पर्छ : अध्यक्ष दाहाल

 वर्तमान पुस्ताले देशका लागि त्याग गर्न सक्नु पर्छ : अध्यक्ष दाहाल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान पुस्ताले देशका लागि त्याग गर्न सक्नुपर्ने बताउनु भएको छ ।

आइतवार भरतपुर २ क्षेत्रपुरमा तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै दाहालले देश परिवर्तनका लागि पारदर्शी र मेहनती बन्नुपर्ने बताउनु भयो ।

अवको दशक विकासको दशक भएको भन्दै उहाले सबैको साझा संकल्पबाट नै देश संमृद्ध बन्ने जिकिर गर्नु भयो ।
तरकारी बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले किसानले उत्पादन

गरेको तरकारी र फलफूलको मुख्य बजार निजी सार्वजनिक साझेदारीको उत्कृष्ट नमूना बनेको बताउनु भयो ।

उहाँले सरकारको तीनखम्बे अर्थनीतिको मर्म अनुरुप तरकारी तथा फलफूल थोक बजारको निर्माण स्थानीय सरकार भरतपुर महानगरपालिका,

निजी क्षेत्र र सहकारीको समेत सहभागिता हुनु प्रशंसनीय काम भएको बताउनु भयो ।

निजी क्षेत्रको लगानीमा निर्माण भएको भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरमा स्थापना भएको

फलफूल तथा तरकारीको थोक बजारमा तीव्र रुपमा चहलपहल बढिरहेको छ ।

यसअघि नारायणगढको लायन्सचोकमा रहेको तरकारी बजार साँघुरो भएपछि भरतपुर

महानगरपालिकाको समन्वयमा व्यवसायीहरुले नै तरकारीको थोक बजार सञ्चालनमा ल्याएका हुन् ।

यस बजामा २ सय बढि स्टलहरु रहेका छन् ।

जहाँ असोज १ गते बाटनै ब्यवसायीले ब्यापार सुरु गरिसकेका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment