नुवाकोट – श्रीमान बिदेशमा गएको बेला नेपालमा परपुरुषसँगको सम्पर्कबाट गर्भधारण श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट
गर्भधारण गरि जन्मिएको बच्चाको हत्या गरेको अभियोगमा नुवाकोटकी एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा नुवाकाेट जिल्ला सूर्यगढी गाउँपालिका –१ लच्याङकी २२ वर्षीय सम्झना तामाङ रहेकी प्रहरीले जानकारी दिएकाे छ।
तामाङलाई शनिवार पक्राउ गरी कानुन बमोजिम म्याद थपेर अनुसन्धान थालेको
जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
उनका श्रीमान वैदेशिक राेजगारीका क्रममा २९ महिना साउदी अरवमा बसेर एक महिना अघि मात्रै गाउँ फर्किएका थिए।
तामाङले शनिवार विहान शाैचालयमा बच्चा जन्माएर घर देखी १०० मिटर माथि ढुंङ्गा माटोले बच्चालार्इ पुरेकी थिइन्।
बच्चा पुरिएकाे जानकारी प्राप्त गर्ने वित्तिकै घटना स्थलमा पुगेकाे प्रहरीले प्रारम्भिक अनुसन्धान गरि तामाङलार्इ नियन्त्रणमा लिएको प्रहरी प्रमुख बसन्तबहादुर कुवरले बताए। महिना पुगेरै जन्मिएको र आमाले हत्या गरेको बच्चा छोरा रहेको प्रहरीले जनाएको छ।
नागरिक न्युजमा खबर छ