काँचो केराको अनगिन्ती फाइदाः मधुमेहलाई कन्ट्रोल गर्न मदत गर्छ

काँचो केराको अनगिन्ती फाइदाः मधुमेहलाई कन्ट्रोल गर्न मदत गर्छ

काठमाडौं, ८ असोज । काँचो केराको अनगिन्ती फाइदाः मधुमेहलाई कन्ट्रोल गर्न मदत गर्छ फलफुल मध्ये केरा पनि एक स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

स्वास्थ्यको लागि पाकेको केरा मात्र नभएर काँचो केरालाई पनि उपयोग गर्न सकिन्छ ।

प्राय काँचो केराको प्रयोग तरकारी बनाउँन प्रयोग गरिन्छ ।

तर काँचो केराको सेवन गर्दा स्वास्थ्यको लागि कति फाइदा गर्छ भन्ने कुरा भने कमै मानिसलाई मात्र थाहा हुनसक्छ ।

काँचो केरा सेवन गर्दा पोटासियम पाइन्छ । पोटासियमले इम्युन सिस्टमलाई मजबुत बनाउने काम गर्छ । साथै काँचो केराको सेवनले शरीरलाई

दिनभर एक्टिभ बनाउने काम गर्छ । काँचो केरामा बिटामिन बि६ र बिटामिन सी पनि पाइन्छ ।

 

काँचो केरा नियमित सेवन गर्दा यस्ता छन् फाइदाहरुः

 

१. वजन घटाउनका लागि मदत गर्छः

 

वजन घटाउन कोशिस गरिरहेका मान्छेलाई काँचो केराको सेवन गर्न सल्लाह दिइन्छ ।

यसमा भरपुर फाइभर पाइन्छ, जसले अनावश्यक फ्याट सेल्स र अशुद्धतालाई सफा गर्न मदत गर्छ ।

 

२. कब्जीयतको समस्यामा राहत

काँचो केरामा फाइभर हुनेहुनाले आन्द्रामा हुने अशुद्धतालाई जमाउन दिदैन । यसै कारण यदी कसैलाई कब्जियत भएको खण्डमा काँचो केराको सेवन गर्दा निकै उपयुक्त हुने बिज्ञहरुको भनाई छ ।

३. भोक लाग्नबाट शान्त पार्छः

काँचो केरामा भएको फाइभर र अन्य पोषक तत्वहरुले भोक छिटो छिटो भोक लाग्नबाट कम गर्छ ।

त्यसैले काँचो केराको सेवन गर्नाले छिटो छिटो भोक लाग्दैन र जंक फुड तथा अनहेल्थी खानाबाट बच्न सकिन्छ ।

 

४. मधुमेहलाई कन्ट्रोल गर्न मदत गर्छः

यदी कुनै मानिसलाई मधुमेह रोग लागेको पत्ता लागेको काँचो केराको सेवन गर्न सल्लाह दिइन्छ ।

यसले डाइबिटिजलाई कन्ट्राृल गर्न मदत गर्छ ।

५. पाचन क्रियालाई राम्रो बनाउन मदत गर्छ

काँचो केराको नियमित सेवनले पाचन क्रिया राम्रो हुँदै जान्छ । काँचो केरामा पाचकका रसहरु धेरै मात्रामा पाइछ ।

यसका साथै काँचो केरामा क्याल्सियम पर्याप्त मात्रामा क्याल्सियम हुनेहुनाले हाम्रो शरीरमा भएका हाडहरुलाई बलियो बनाउने काम समेत गर्छ

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment