औपचारिक रुपमा भोलिदेखि दशैं टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायीको निर्णय

औपचारिक रुपमा भोलिदेखि दशैं टिकट बुकिङ

काठमाडौं, ८ असोज । औपचारिक रुपमा भोलिदेखि दशैं टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायीको निर्णय नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलिदेखि दशैं टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

रोलः
सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बृद्धि गर्ने सहमित भएपछि व्यवसायीले दशैंको टिकट बुकिङ भोलि देखि खुला गर्ने जनाएको हो ।

त्यसैगरी, समितिले सैंमा राजधानी बाहिर जाने र आउने यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाउन अनुगमन, टिकट काउन्टर व्यवस्थापन लगायतका समिति पनि बनाएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीको संयोजकत्वमा गठन गरिएको समितिले यात्रुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाए/नबनाएको अनुगमन गर्नेछ ।

गठन गरिएको समितिमा उपाध्यक्षसँगै महासचिव सरोज सिटौला र सदस्य सचिवले भोलिदेखि नै अनुगमन सुरु गर्नेछन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment