अमेरिका पुगेका ओली ट्रम्पसँग हात मिलाउने प्रतिक्षामा

अमेरिका पुगेका ओली ट्रम्पसँग हात मिलाउने प्रतिक्षामा

असोज ९, काठमाण्डौ ।
अमेरिका पुगेका ओली ट्रम्पसँग हात मिलाउने प्रतिक्षामा प्रधानमन्त्री केपी ओली अहिले अमेरिकामा छन् ।

संयुक्त राष्ट्र संघको महासभामा सहभागि हुन गएका ओली विभिन्न कार्यक्रममा व्यस्त छन् ।

महासभाका अवसरमा उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतकी प्रधानमन्त्री थेरेसा मेसँग भेट्ने प्रयास गरेका छन् ।

सकेसम्म उनीहरुसँग वान टु वान भेट गर्ने प्रयास ओलीले गरेका छन् ।

त्यसैगरी क्यानडाका प्रधानमन्त्रीसँग पनि भेट्ने सम्भावना रहेको बताइएको छ ।

भेटका अवसरमा ओलीले नेपालमा लगानी भित्र्याउन आग्रह गर्नेछन् ।

महासभाका अवसरमा सार्क मन्त्रीस्तरीय बैठक भने नहुने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी महासभामा नगएकाले बैठक नहुने भएको हो ।

उता पाकिस्तानसँगको सम्बन्ध राम्रो नभएकाले पनि भारतले सार्क मन्त्रीस्तरीय बैठक नचाहेको हो ।

 

याे  पनि हेर्नुहाेस्

प्रधानमन्त्री अाज अमेरिका जाँदै : महासभामा सम्बाेधन गर्ने, ट्रम्पसँग २ मिनेट कुराकानी हुने

२०७५ आश्विन ९ गते प्रकाशित, l १०:०३

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment