असोजको पानीले डुब्यो कैलाली, अधिकांश क्षेत्र जलमग्न

असोजको पानीले डुब्यो कैलाली, अधिकांश क्षेत्र जलमग्न

९ असोज, कैलाली । असोजको पानीले डुब्यो कैलाली, अधिकांश क्षेत्र जलमग्न गएराति परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

धनगढी उपमहानगरपालिकाको एल.एन. चोक, विशालनगर,

प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् ।

अत्यधिक वर्षा हुने मनसुनको अवधिमा समेत डुबानमा नपरेका धनगढीका यी क्षेत्रहरु

एकदिन परेको पानीका कारण जलमग्न भएका हुन् ।
अविरल वर्षाका कारण धनगढीका केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

सडकमा पानी जमेका कारण बिहानै स्कुल तथा कलेज जाने विद्यार्थीहरु बाटोमै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पानीका कारण अहिलेसम्म कुनै

मानवीय क्षती नभए पनि केहि पसल र घर डुबानमा परेका छन् ।

 

याे पनि हेर्नुहाेस्

बाग्लुङको बडिगाड गाउँपालिकाका मा खानेपानीको हाहाकार भएपछि

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment