पर्वत – आमासँग बोल्दाबोल्दै युएईमा गाडी दुर्घटनामा परेर पर्वतका एक युवाको मृत्यु युएईमा आफैंले चलाएको गाडी दुर्घटना हुँदा पर्वतको फलेवास
नगरपालिका–३ शंकरपोखरीका यामप्रसाद रिजालको ज्यान गएको छ ।
तीजको दिन आमालाई फोन गर्दै गाडी चलाउँदा दुर्घटनामा परेर रिजालको ज्यान गएको हो ।
बोल्दा बोल्दै फोन काटिएको थियो ।
त्यही बेला नै यामप्रसादले चलाएको गाडी दुर्घटना भएको थियो तर परिवारले भने दुर्घटनामा भएको पछि मात्रै थाहा पायो ।
८ वर्ष अघि युएई जानुभएका यामप्रसाद व्लुराइण्ड इन्टरनेशनल कम्पनीमा सुरुमा होडिङबोर्ड बनाउने काम गर्नुहुन्थ्यो ।
केही समयअघि मात्रै उहाँले गाडी चलाउन थाल्नुभएको थियो ।
कम्पनीका अनुसार उहाँले चलाएको गाडीलाई विपरित दिशाबाट आएको गाडीले ठक्कर दिएको हो ।
यामप्रसादको ज्यान गएको खबरपछि श्रीमती कोपिला रिजाल र आमा बुवा अचेत अवस्थामा छन् ।
उहाँको २० महिनाका छोरा पनि छन् ।
परिवारका ४ दाजुभाइमध्येका माइलो यामप्रसादले दाइ र भाइलाई समेत युएई लानुभएको थियो ।
यामप्रसादकै पहलमा युएई पुगेका दाजुभाइले नै गएको शुक्रबार उहाँको शव लिएर घर फर्किएका छन् ।
याे पनि हेर्नुहाेस्
सहकारीको दर खाँदा ५० जना बिरामी……