सल्यान, ९ असोज । दाईसँग पाँच सय माग्दा भाईकाेअकालमै गयाे ज्यान जिल्ला प्रहरी कार्यालय सल्यानले आफ्नै भाईको हत्या
गर्ने एक ब्यक्तिलाई आज एक पत्राकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा गत भदौ १८ गते आफनै भाईको हत्या गरेका दाईलाई सार्बजनिक गरेको हो ।
भाई विद्यालयबाट आएर आफ्नै कोठामा बसिरहेका अवस्थामा दाई कोठामा गएको
बेला भाईले ५०० रुपैया मागेको र सँधै पैसा किन माग्छस् १०० रुपैया लैजा भनि वादबिबाद
चल्दै गर्दा भाईले दाईलाई हात छोडेपछि भाईको घाँटी थिचेर हत्या गरेका थिए ।
यो कुरा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख बिरेन्द्र बहादुर शाहीले खुलासा गरेका हुन् ।
प्रहरीलाई आत्महत्या गरेको भनि खबर गरे पनि मृतकले आत्महत्या गर्नु पर्ने कुनै कारण
नभएको र घटनाको प्रकृति हेर्दा प्रष्टरुपमा हत्यानै भनेर प्रहरीले पत्ता लागेए पनि ककस्को संगलनता छ ?
भनि अनुसन्धान गर्न करिब २० दिन लागेको बताए ।
घटना लगत्तै घरका दाई र भाउजुलाई जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले पक्राउ गरेको थियो ।
भर्खरै बिहे भएकी भाउजुले दाई र भाईको झगडा हुदा देखे पनि सामान्य झगडा होला भनि
चासो नदिएर भान्सामा खाना पकाउन गएकीले देवरको मृत्यु भएपछि मात्रै थाहा पाएकी थिइन् ।
याे पनि हेर्नुहाेस्
आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत